मध्य मेक्सिकोमा पहिरोमा परी १५ जनाको मृत्यु



 

मध्य मेक्सिकोमा दुईवटा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । पहिलो विपत्ति शनिबार राजधानी नजिकैको सान लुइस अयुकान गाउँमा भएको राष्ट्रिय नागरिक सुरक्षा निकायले जनाएको छ ।

पहिरोले बगाएको माटोको ढिस्कोबाट नौ जनाको शव फेला परेको छ भने स्निफर कुकुरको सहयोगमा उद्धार टोलीले तीन जनालाई बचाउन सफल भएको छ ।

त्यही दिन एक शिशुको मृत्यु भएको पुष्टि भएको थियो । तर यो मृत्यु  हुने नौ जनामा हो वा होइन भन्ने स्पष्ट भएको छैन

गाउँका झण्डै एक सय ५० मानिस आफ्नो घरबाट विस्थापित भएका छन् र अहिले आश्रयमा बसिरहेका छन् ।

त्यसपछि सोमबार भारी वर्षाका कारण अर्को पहिरोले नजिकैको नगरपालिका नौकाल्पनमा एउटा घर पुरेको राष्ट्रिय नागरिक सुरक्षा एजेन्सीले सामाजिक सञ्जाल एक्समा बताएको छ ।

स्थानीय अधिकारीहरूले घरमा फसेका एकै परिवारका छ सदस्यको मृत्यु भएको र अन्य तीन जना घाइेते भएको पुष्टि गरे ।

मेक्सिकोमा विशेषगरी मेदेखि नोभेम्बरसम्म चल्ने वर्षा र आँधीको मौसममा पहिरो जानु सामान्य हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिम आँधीका कारण अमेरिकाका ३० राज्यका ६ करोड मानिस प्रभावित

बीबीसी । अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित

इजरायललाई आठ अर्ब डलरको हतियार बिक्री गर्ने अमेरिकी योजना

वासिङटन । अमेरिकी विदेश विभागले इजरायललाई आठ अर्ब डलरको हतियार बिक्रीलाई अनुमोदन गर्ने

चीनको सबैभन्दा ठूलो ‘अपतटीय सौर्य–हाइड्रोजन फार्म’ सञ्चालनमा

बेइजिङ । सिएचएन ऊर्जा लगानी समूह (सिएचएन) अन्तर्गत पूर्वी चीनको क्षेत्रमा अवस्थित एउटा

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो

ढाका । बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति डिसेम्बर सन् २०२४ को अन्त्यसम्ममा २१ अर्ब