अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोर अन्तरिक्षबाट मतदान गर्न उत्साहित



वासिङ्टन डीसी । नासाका अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले अन्तरिक्षमा अझै सन् २०२५ को फेब्रुअरीसम्म बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)बाट मतदान गर्न उत्सुक रहेको बताएका छन् ।

अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोरले आइएसएसबाट सहभागी भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

यो जोडी गत जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा चढेर अन्तरिक्ष पुगेका थिए । यानमा हिलियम लिक र थ्रस्टरमा समस्या देखिएपछि दुई अन्तरिक्ष यात्री निर्धारित समयमा पृथ्वीमा फर्किन नसकेका हुन् ।

अन्तरिक्ष यान स्टारलाइनरलाई यसको चालक दलबिना पृथ्वीमा फिर्ता गर्ने निर्णय गरियो र तीन महिनाभन्दा बढी अन्तरिक्षमा रहेपछि सेप्टेम्बर ६ मा सफलतापूर्वक पृथ्वीमा फर्काइयो ।

दुबै अन्तरिक्ष यात्रीलाई स्पेसएक्स ड्रयान अन्तरिक्ष यानबाट आगामी वर्षको फेब्रुअरीमा पृथ्वीमा फर्काइने तय भएको छ ।

अन्तरिक्ष यात्रीले मतदानमा नागरिकको महत्त्वपूर्ण भूमिका रहेको भन्दै मतपत्रका लागि अनुरोध गरेको बताए ।

“मैले आज मतपत्रका लागि अनुरोध पठाएको छु । हामीले केही हप्तामा मतपत्र प्राप्त गर्नेछौँ”, विल्मोरले भने । “मतदानको अधिकार नागरिकको एक महत्वपूर्ण अधिकार हो, नासाले प्रदान गरेको यस अवसरका लागि हामी उत्साहित छौं ।”

टेक्सास विधायिकाले नासाका कर्मचारीलाई अन्तरिक्षबाट मतदान गर्न अनुमति दिने विधेयक पारित गरेपछि अन्तरिक्ष यात्रीहरूले सन् १९९७ देखि अन्तरिक्षबाट मतदान गर्दै आएको न्युयोर्क पोस्टले जनाएको छ ।

त्यस वर्ष नासाका डेभिड वुल्फ अन्तरिक्षबाट मतदान गर्ने पहिलो अन्तरिक्ष यात्री बन्नुभयो । सन् २०२० मा नासाकी अन्तरिक्ष यात्री केट रुबिन्सले पनि अन्तरिक्षबाट आफ्नो नागरिक कर्तव्य पालना गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी विदेश मन्त्रीको सिरिया भ्रमणमा, आर्थिक सहकार्यबारे उच्चस्तरीय छलफल हुने

दमास्कस । साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान शनिबार सिरियाको राजधानी

इरानले उच्चस्तरीय युरेनियम प्रशोधनमा तीव्रता ल्याएको आईएईएको दाबी

भियना । अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) द्वारा तयार पारिएको गोप्य प्रतिवेदन अनुसार

गाजामा करिब ११ हजार क्यान्सर रोगीलाई उपचारको अभाव

गाजा । गाजा क्षेत्रमा हाल जारी इजरायली सैन्य कारबाहीको बीचमा करिब ११ हजार

गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले शुक्रबार गाजाको अवस्थालाई