राजस्थानको करौलीमा वर्षाका कारण घर भत्किँदा दुईको मृत्यु, तीन घाइते



करौली जिल्लाको नदीदरवाजा क्षेत्रमा आइतबार बिहानको भीषण वर्षाका कारण घर भत्किँदा एक बालकसहित दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । घटनामा मृत्यु हुनेमा ३५ वर्षीया जाकिर खान र १२ वर्षीया जिया खान रहेका छन् ।

सरकारी अस्पताल करौलीका प्रिन्सिपल मेडिकल अफिसर (पीएमओ) रामकेशले घटनाबारे जानकारी दिँदै भने,“बिहान ७ः१५ बजेतिर अस्पतालमा नदीदरवाजा क्षेत्रमा रहेको घर भत्किएको र भग्नावशेषमा धेरैको ज्यान गएको सुचना आएको थियो । सुरुमा दुईवटा शव जिया खान र उनका बुबा जाकिर खानलाई अस्पताल ल्याइएको हो । घटनामा अन्य तीन जना सामान्य घाइते भएका थिए ।”

उक्त घर भत्किँदा कम्तीमा पाँचजना भग्नावशेषमा पुरिएको र उद्धार कार्यपछि दुई जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले घर जीर्ण भएको अधिकारीहरुले बताएका छन् । राजस्थानका केही भागहरूमा तीव्र वर्षा भइरहेको छ । वर्षाका कारण गङ्गापुर शहरलगायत क्षेत्रहरु गत तीन दिनमा जलमग्न भएको थियो ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी साता केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
७५ वर्षको इतिहासमा सांघाईमा सबैभन्दा शक्तिशाली आँधी

सांघाई । ७५ वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले

बाइडेनद्वारा बिदाई सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कथित ‘क्वाड’ समूहलाई बिदाइ दिनका लागि यस

इयूले युक्रेनलाई जाडो यामअघि नै थप सहयोग गर्ने

युक्रेन । युरोपेली सङ्घ (इयू) का प्रमुख उर्सुला भोन डेर लेयेनले जाडो यामअघि

अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग

वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको