इजरायलविरूद्ध इरानको सम्भावित आक्रमणको प्रतिरोधको तयारीका लागि अमेरिकी जनरल मध्यपूर्वमा



हमास र हिजबुल्लाहका वरिष्ठ नेताको हत्यापछि इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने अनुमानबीच अमेरिकी केन्द्रीय कमान्डका जनरल माइकल कुरिल्ला शनिबार उक्त क्षेत्रमा आइपुगेको दुई अमेरिकी अधिकारीलाई उदृत गर्दै अमेरिकी समाचार संस्था एक्जिओसले जनाएको छ ।

तेहरानमा हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हनियाको हत्यापछि इजरायल, इरान र हिजबुल्लाहबीच पछिल्लो समय तनाव हुनुअघि तय गरिएको जनरल कुरिलाको भ्रमणलाई अहिले रणनीतिक कदमका रुपमा हेरिएको छ ।

उनले अप्रिल १३ मा इरानबाट भएको आक्रमणविरुद्ध इजरायलको रक्षा गर्ने अन्तर्राष्ट्रिय र क्षेत्रीय गठबन्धनलाई परिचालन गर्ने अपेक्षा गरिएको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्जिओसले जनाएको छ ।

अमेरिका र इजरायलका तीन अधिकारीले इरानले सोमबारसम्ममा इजरायलमाथि आक्रमण गर्नसक्ने बताएका छन् ।

इरान र हिजबुल्लाहका नेताहरूले हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर फुआद शुकर र हमासका राजनीतिक नेता इस्माइल हनियाको हत्याको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एक अमेरिकी अधिकारीका अनुसार कुरिलाले इजरायल र जोर्डनलगायत खाडीका विभिन्न देशको भ्रमण गर्ने अपेक्षा गरिएको छ । कुरिलाको भ्रमणको प्रमुख गन्तब्य जोर्डन रहेको मानिएको छ किनकी जोर्डनले अप्रिल १३ को आक्रमणको समयमा इजरायलको सहयोगका लागि इरानी ड्रोनहरूलाई रोकी अमेरिकी र इजरायली जेटहरूलाई अवरोधको लागि आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएर महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

अधिकारीका अनुसार अमेरिकाले आवश्यक परेको खण्डमा फेरि पनि जोर्डनको यस्तै सहयोग रहने आशा गरेको छ । इरानले इजरायलमाथि गर्न सक्ने सम्भावित आक्रमणको तयारीका लागि अमेरिकाले मध्यपूर्वमा आफ्ना सेनालाई बढाइरहेको र यस क्षेत्रमा थप युद्धपोत तथा लडाकू विमानहरु पठाउन लागेको पेन्टागनले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले इरानको जवाफी कारबाही इजरायलमाथि गरेको अघिल्लो आक्रमणजस्तै औचित्यहीन हुने तर लेबनानमा हिजबुल्लाह पनि सामेल हुन सक्ने अपेक्षा गरेका छन् ।

हानियाको हत्याले यस क्षेत्रमा इजरायलविरुद्ध तीव्र भावना उत्पन्न गरेकाले अघिल्लो इरानी आक्रमणबाट इजरायलको रक्षा गर्ने राष्ट्रहरूको अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोग परिचालन गर्न अझ कठिन हुनसक्ने अमेरिकी सरकारको चिन्ता छ ।

अमेरिका र इजरायलका अधिकारीहरूले इरान र हिजबुल्लाहले समन्वित आक्रमण गर्ने वा छुट्टाछुट्टै कारबाही गर्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । इरान र हिजबुल्लाहले अझै पनि आफ्नो सैन्य योजनालाई अन्तिम रूप दिन र राजनीतिक स्तरमा अनुमोदन गर्न काम गरिरहेको अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान

जिहादीको आक्रमणमा नाइजेरियामा चार सैनिकको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको एक सैनिक शिविरमा इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्त (आइसडब्लुएप)

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका

वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको