ब्लिन्केन र चिनियाँ विदेशमन्त्रीबीचको छलफल ‘फलदायी’ भएको अमेरिकाको भनाइ



चीनका विदेशमन्त्री र विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच शनिबार लाओसमा भएको भेटवार्ता ‘खुला र फलदायी’ भएको अमेरिकाले जनाएको छ ।

दक्षिण चीन सागरलगायत बेइजिङको बढ्दो आक्रामकता र मस्कोसँगको गहिरो सम्बन्धलाई मध्यनजर गर्दै क्षेत्रीय सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले गरिएको बहुदेशीय एसिया भ्रमणको एक हिस्साका रूपमा ब्लिन्केन लाओस आएका हुन् ।

दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकका क्रममा चिनियाँ र अमेरिकी कुटनीतित्रबीच एक घण्टा २० मिनेट लामो वार्ता भएको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।चीनको विदेश मन्त्रालयले भने बैठकबारे कुनै विज्ञप्ति जारी गरेको छैन ।

बैठकभन्दा केही समयअघि ब्लिन्केनले चीन र फिलिपिन्सबीच क्षेत्रीय विवाद रहेको दक्षिण चीन सागरमा बेइजिङको ‘बढ्दो गतिविधि’को आलोचना गरेका थिए ।

वार्षिक खर्बौँ डलरको व्यापार हुने जलमार्गको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय अदालतको फैसलाका बावजुद बेइजिङले यो जलमार्गलाई लगभग पूरै दाबी गर्दै आएको छ ।

चीन र रूसका विदेशमन्त्रीले १० राष्ट्रको आसियान समूह र एकअर्कासँग भेटवार्ता गरेको दुई दिनपछि ब्लिन्केन लाओस आइपुगेका हुन् ।

मस्कोको विदेश मन्त्रालयका अनुसार वाङले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँग भियन्टाएनमा भेटवार्ता गरेका थिए ।

दक्षिणपूर्वी एसियाली मामिलामा हस्तक्षेप गर्ने अतिरिक्त क्षेत्रीय शक्तिको कुनै पनि प्रयासको संयुक्त रूपमा प्रतिवाद गर्न पनि चीन र रूस सहमत भएका छन् ।

रूससँग चीनको बलियो राजनीतिक र आर्थिक साझेदारी छ, केही नेटो सदस्य राष्ट्रहरूले बेइजिङलाई युक्रेनको युद्धमा मस्कोको संलग्नताको ‘प्रमुख सहजकर्ता’ को रूपमा आरोपित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस