दक्षिण सुडानमा पाँच वर्षमा १४ लाख शरणार्थी फर्किएका राष्ट्रसङ्घद्वारा जानकारी


अक्टोबर सन २०१८ र मे ३१, सन् २०२४ मा भएको शान्ति सम्झौतामा हस्ताक्षर भएपछि १४ लाखभन्दा बढी दक्षिण सुडानी शरणार्थी स्वदेश फर्किएका संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायले जनाएको छ ।

केन्या, युगान्डा, सुडान, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र मध्य अफ्रिकी गणतन्त्रलगायतका क्षेत्रमा दक्षिण सुडानका २२ लाख शरणार्थीहरू रहेका छन् ।

युगान्डाले सबैभन्दा धेरै दक्षिण सुडानी शरणार्थीहरूको शरण दिएको छ ।

युएनएचसीआरले ती मुलुकबाट शरणार्थी स्वदेश फर्कनुको सबैभन्दा मुख्य कारणहरूमा परिवारका सदस्यहरूसँग पुनर्मिलन, दक्षिण सुडानमा सुरक्षा स्थितिमा सुधार र भूमि, सम्पत्ति र आवासको मूल्याङ्कन समावेश भएको बताएको छ ।

शरणार्थीहरूले आफ्नो शरणको देश छोड्नुको कारण असुरक्षा, रोजगारी, जीविकोपार्जन र आर्थिक गतिविधिहरूको अभाव र शरणार्थी शिविरहरूमा खाद्य राशनमा कमी रहेको बताएका छन् ।

यहाँ ४१ हजार ६०० दक्षिण सुडानीहरू मे महिनामा स्वदेश फर्केका छन् । यो अघिल्लो महिनाको तुलनामा थोरै बढेको रिपोर्टमा उल्लेख छ ।