बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द



बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी छन् । आन्दोलनले चर्को रुप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरु तैनाथ गरिएको छ ।

अस्पतालका झडपमा अहिलेसम्म कम्तीमा १०५ जनाले ज्यान गुमाइसेका छन् । बङ्लादेशमा जारी आन्दोलन नियन्त्रण गर्न प्रहरी असफल भएपछि प्रधानमन्त्रीको कार्यालयले गत मध्यरातबाट सेना परिचालन र कफ्र्यू आदेश जारी हो ।

सरकारले नागरिकहरूको सहायताका लागि कफ्र्यु लगाउने र सेना तैनाथ गर्ने निर्णय गरेको प्रधानमन्त्री हसिनाका प्रेस सचिव नईमुल इस्लाम खानले बताएका छन् ।

राजधानी ढाकाका सडकहरू शनिबार बिहानैदेखि सुनसान छन् । सेना र बख्तरबन्द कर्मचारी वाहकले गस्ती गरिरहेका छन् । यसै क्रममा कफ्र्यूलाई बेवास्ता गर्नेलाई प्रहरीले घर फर्काइ रहेको छ ।

कफ्र्यु आइतबारसम्म कायम रहने निजी प्रसारण च्यानल–२४ ले रिपोर्ट गरेको छ ।

प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय भएको स्पेन र ब्राजिलको भ्रमण विद्यमान अवस्थाका कारण रद्द गरिएको उनका प्रेस सचिव खानले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।