गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला



गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले बताएका छन् ।

यो भाइरसले विशेष गरी खोप नलगाएका र शारीरिक रुपमा कमजोर बच्चाहरूमा पक्षाघात निम्त्याउन सक्ने जनाइएको छ ।

‘विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खान युनूस र देइर अल बलाह सहरबाट सङ्कलन गरेका छ वटा वातावरणीय नमूनामा पोलियोको दोस्रो भेरियन्टको भाइरस फेला परेको जनाएको छ’, मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले भन्यो, ‘हालसम्म कुनै पक्षाघातका घटनाहरू भने पत्ता लागेको छैन।’

ओसिएचएले गाजाको आश्रय स्थानहरूमा बढ्दो भीडभाड, सफा पानीको अभाव, सरसफाई र स्वच्छताको खराब अवस्थाले निम्त्याएको सङ्क्रामक रोगहरूको फैलावटप्रति चिन्ता व्यक्त गरेको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले आफ्नो एजेन्सी, युनिसेफ, प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (यूएनआरडब्लुए) र गाजा स्वास्थ्य मन्त्रालयले पोलियो भाइरस सङ्क्रमणको दायरा बुझ्न यसको जोखिम मूल्याङ्कन गरिरहेको बताए ।

उनले गाजाको स्वास्थ्य प्रणालीको विनाश, चिकित्सा आपूर्तिको अभाव, जनसङ्ख्याको निरन्तर विस्थापन, कमजोर सरसफाई , पानीको खराब गुणस्तर र सुरक्षाको अभावले पोलियोलगायत ‘खोप–रोकथाम योग्य’ रोगहरूको जोखिम बढाइरहेको चेतावनी दिए ।

गाजामा अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि श्वासप्रश्वास नलीमा सङ्क्रमणका लगभग दशलाख घटनाहरू पुष्टि भएको र अन्य सङ्क्रामक रोगहरू बढ्दै गएको डब्ल्यूएचओको जुलाई ७ सम्मको अध्ययनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस