इजराइली संसदमा प्यालेस्टिनी राज्यको विपक्षमा मतदान



 

इजराइली संसद्ले बिहीबार प्यालेस्टिनी राज्यलाई ‘अस्तित्वको खतरा’ का रूपमा विरोध गर्न मतदान गरेको छ ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सांसदहरूलाई सेनाले हमासको संवेदनशील क्षेत्रमा आक्रमण गरेको बताउनुभएको एक दिनपछि संसद्ले मतदान गरेको हो ।

प्यालेस्टिनी नेतृत्व र अन्तर्राष्ट्रिय समुदायबाट तीव्र आलोचना भएको उक्त मतदान धेरै हदसम्म प्रतीकात्मक छ तर आगामी बुधबार अमेरिकी कांग्रेसमा नेतान्याहुको नियोजित सम्बोधनअघि यो एउटा सङ्केत हो ।

अनुभवी नेतान्याहुले गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइ सम्झौताको मध्यस्थता गर्ने अमेरिकी प्रयासमा कम रुचि देखाएका छन् । उनले हमासमाथि ‘पूर्ण जित’ पहुँचभित्र रहेको भन्दै सैन्य दबाब बढाउने वाचा गरेका छन् ।

इजराइलले हालका दिनहरूमा व्यापक बमबारी जारी राख्दा गाजामा जमिनमा हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ५४ जनाको मृत्यु भएको बताएको छ ।

इजराइली सांसदहरूले चाँडै पारित गरेको प्रस्तावमा इजराइली सेनाले कब्जा गरेको भूमिमा प्यालेस्टिनी राज्यले ‘इजराइल–प्यालेस्टिनी द्वन्द्वलाई निरन्तरता दिने र यस क्षेत्रलाई अस्थिर बनाउने’ बताइएको छ ।

अक्टोबर ७ मा इजराइलमाथिको आक्रमणपछि प्यालेस्टिनी राज्यलाई ‘प्रवर्द्धन’ गर्नाले ‘हमास  र उसका समर्थकहरूलाई मात्र बढावा हुने’ प्रस्तावमा भनिएको छ । एक सय २० सदस्यीय संसद्मा उक्त प्रस्ताव नौका विरुद्ध ६८ मतले पारित भएको छ ।

प्यालेस्टिनी प्राधिकरणले इजराइलको कट्टर–दक्षिणपन्थी सत्तारूढ गठबन्धनमाथि ‘क्षेत्रलाई रसातलमा धकेलेको’ आरोप लगाएको छ । फ्रान्सले मतदानप्रति ‘आश्चर्य’ प्रकट गर्दै उक्त प्रस्ताव संयुक्त राष्ट्रसङ्घीय सुरक्षा प्रस्तावहरूको ‘विरोधाभास’ का रूपमा आएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको

अमेरिकी विदेशमन्त्री भन्छन् -ट्रम्प र पुटिनबीच प्रत्यक्ष अन्तरक्रिया नभई रुस-युक्रेन वार्तामा प्रगति हुँदैन

बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

बर्लिन । जर्मनीको नयाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको कुल गार्हस्थ्य

सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने

पेरिस । ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस