राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरूका पूर्वराष्ट्रपति फुजिमोरी



पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने उनकी छोरीले घोषणा गरेकी छन् ।

दक्षिण अमेरिकी देशको प्रमुख दक्षिणपन्थी पार्टीका नेता केइको फुजिमोरीले भनिन्, “मेरो बुबा र मैले कुराकानी गरेका छौं र उहाँले राष्ट्रपतिपदको उम्मेदवार बन्ने निर्णय गर्नुभएको छ ।”

सन् १९९० देखि सन् २००० सम्म पेरूका राष्ट्रपति बनेका ८५ वर्षीय फुजिमोरीले पेरूको माओवादी छापामार समूह शाइनिङ पाथलाई पराजित गर्न सैन्य अभियानको नेतृत्व गर्दै कडा शासन गरेका थिए ।

उनलार्ई विद्रोहीहरूलाई दवाएर नवउदारवादी नीतिमार्फत आर्थिक वृद्धिलाई गति दिएको नेताका रूपमा उनी निकटस्थ समूहले स्मरण गर्ने गरेको छ ।

तर पेरूको शाइनिङ पाथलगायतका कतिपय बामपन्थी दलले उनलााई निर्दयी, अधिनायकवादी शासन शैली अपनाएको एक भूतपूर्व राष्ट्रपतिका रूपमा उनको आलोचना गर्ने गरेका छन् ।

सन् १९९१ र सन् १९९२ मा सेनाको डेथ स्क्वाडले गरेको नरसंहारको आरोपमा उनलाई सन् २००९ मा जेल सजाय भएको थियो । शाइनिङ पाथविरूद्धको अभियानका क्रममा उनको नेतृत्व रहेका समय एक बच्चासहित २५ जना मारिएका कारण उनलगायत केही अधिकारीलाई फरक फरक जेल सजाय भएको थियो ।

फुजिमोरी दोषी ठहरिएका कारण चुनावमा भाग लिन पाउँछन् वा पाउँदैनन् भन्ने स्पष्ट छैन । उनलाई गत वर्ष मानवीय कारण देखाउँदै गत बर्ष रिहा गरिएको थियो ।

पेरूको संवैधानिक अदालतका पूर्व न्यायाधीश अर्नेस्टो ब्लुमले प्रसारणकर्ता क्यानाल एनसँग भने, “मानवीय कारणले उहाँलाई माफी दिइएको हो, तर यसको अर्थ उहाँको आपराध वा सजाय पूरा भएको वा खारेज भएको भन्ने होइन ।”

फुजिमोरीले सन् २०१८ मा चिकित्सकले उनको फोक्सोमा ट्यूमर भएको पत्ता लगाएको जानकारी गराएका थिए ।

गत महिना घरमा लडेर कम्मर भाँचिएपछि उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको खुलासा भएको थियो ।

दक्षिणपन्थी पपुलर फोर्स पार्टीको नेतृत्व गरिरहेकी केइको फुजिमोरीले हालै आफ्ना पिता जिब्रोको ट्युमरबाट पीडित भएको बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको

अमेरिकी विदेशमन्त्री भन्छन् -ट्रम्प र पुटिनबीच प्रत्यक्ष अन्तरक्रिया नभई रुस-युक्रेन वार्तामा प्रगति हुँदैन

बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

बर्लिन । जर्मनीको नयाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको कुल गार्हस्थ्य

सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने

पेरिस । ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस