फ्रान्समा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु



फ्रान्सको एक गाउँमा जन्मदिनको पार्टीमा एक व्यक्तिले गोली चलाउँदा बन्दुकधारीसहित चार जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

क्लेरमोन्ट–फेरान्डबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मध्य फ्रान्सेली गाउँ एस्पिनासे–भोजेलमा २० वर्षीय एक युवक आफ्नो परिवारसँग आफ्नो जन्मदिन मनाइरहेका बेला ती व्यक्ति नजिकैको घरमा पुगेका थिए ।

आक्रमणकारीले पार्टीमा आएका पाहुनामाथि गोली चलाउँदा तीमध्ये तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

आफ्नो जन्मदिन मनाइरहेका युवक र उहाँका पिता दुवैको हत्या भएको थियो ।

प्रहरीले अझै पनि आक्रमण ‘किन’ भएको भन्नेबारे अनुसन्धान गरिरहेको अधिकारीले बताएका छन् । उक्त व्यक्तिले घातक आक्रमण गर्नुअघि सवारी चालकहरूलाई गोली हानेको देखिन्छ ।

स्थानीय अभियोजक जेरोम पिकेसले एएफपीलाई बताएअनुसार ती व्यक्ति स्थानीय समयअनुसार राति ९ः३० बजेतिर दुवै घरलाई जोड्ने बाटो हुँदै छिमेकीको घरमा पुगेका थिए ।

गोली काण्डमा घाइते भएका चार जनालाई अस्पताल भर्ना गरिएको छ र उनीहरू खतरामुक्त भएको अधिकारीले बताए ।

गोली चलेको स्थलमा रहेका अन्य १५ प्रत्यक्षदर्शीलाई मनोवैज्ञानिकहरूले निगरानीमा राखेका छन् ।

एस्पिनासे–भोजेलका नगरप्रमुख मिचेल मारिएनले भने, “यो एउटा झट्का हो । हामीलाई थाहा छैन कि यो के कारणले भयो, कसरी एक व्यक्तिले नियन्त्रण गुमाउँछ र यति विग्न उग्र हुन्छ ।”

प्रहरीका अनुसार ५० वर्ष काटेका ती आक्रमणकारीलाई यसअघि कुनै पनि अभियोग नलागेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी