बिहारमा चट्याङ लागेर चार जनाको मृत्यु



भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

गएको २४ घण्टामा राज्यका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले सात जिल्लालाई प्रभावित गरेको छ ।

“विगत २४ घण्टामा चट्याङका कारण सिवानमा दुई र सुपौल र रोहतास जिल्लामा एक–एक जनाको मृत्यु भएको छ” , मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएका छन् ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै उनीहरूलाई आर्थिक राहतको घोषणा गरेका छन् ।

मुख्यमन्त्रीले मानिसहरूलाई खराब मौसममा सतर्क रहन र आँधीबेहरीको समयमा घरमै बस्नलगायत विपद् व्यवस्थापन विभागले जारी गरेका सुझावहरू पालना गर्न पनि आग्रह गरेका छन् ।

सोमबार चट्याङ लागेर राज्यमा १२ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई हप्तामा बिहारमा चट्याङका कारण ४० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान

जिहादीको आक्रमणमा नाइजेरियामा चार सैनिकको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको एक सैनिक शिविरमा इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्त (आइसडब्लुएप)

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका

वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको