श्रीलङ्कामा सन् २०२४ को पहिलो ६ महिनामा एक हजार १०३ सवारी दुर्घटना भएका र यसका कारण एक हजार १५४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
श्रीलङ्काका यातायात राज्यमन्त्री लासन्था अलागियावान्नाले देशमा सवारी दुर्घटना दर बढी भएको स्वीकार गर्दै यसलाई नियन्त्रणका लागि सरकारले यथासम्भव प्रयास जारी राख्ने बताए ।
राष्ट्रिय सडक सुरक्षा परिषद्ले गति नियन्त्रण उपकरण खरिदका लागि श्रीलङ्का प्रहरीलाई पाँच करोड भारतीय रूपैयाँ (करिब एक लाख ६५ हजार अमेरिकी डलर) विनियोजन गरेको र आगामी दुई हप्ताभित्र नयाँ सडक गति सीमासहितको राजपत्र पनि जारी गरिने उनले बताए ।
श्रीलङ्कामा सन् २०२३ मा दुई हजार २०० सवारी दुर्घटना भएको र यसबाट दुई हजार ५५७ जनाको अकालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया