अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री फिर्ता ल्याउन केही समय लाग्ने



 

गत महिना नै पृथ्वीमा फर्कने गरी बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका नासाका अन्तरिक्ष यात्री सुनीता ‘सुनी’ विलियम्स र ब्यारी ‘बुच’ विल्मोर अगस्टसम्म अन्तरिक्षमा बस्नुपर्ने सम्भावना रहेको छ ।

इन्जिनियरहरूले प्राविधिक समस्याहरू समाधान जारी राख्दा दुई अन्तरिक्ष यात्रीलाई निर्धारितभन्दा लामो समयसम्म अन्तरिक्षमा राखिएको हो । विलियम्स र विल्मोरले अन्तरिक्षबाट आफ्नो पहिलो पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुराकानी गरेका छन् ।

विभिन्न सुरक्षा चिन्ताका कारण स्टारलाइनर प्रक्षेपणका क्रममा शृङ्खलाबद्ध ढिलाइको अनुभव गरेको थियो । विलियम्स र विल्मोर बोइङ–निर्मित स्टारलाइनर क्याप्सुलको ऐतिहासिक परीक्षण मिसनमा पहिलो मानव चालक दल हुन् ।

स्टारलाइनरले आफुलाई पृथ्वीमा फिर्ता ल्याउन सक्ने विश्वास दुई अन्तरिक्ष यात्रीले व्यक्त गरेका छन् । यद्यपि नासाले अन्तरिक्ष यात्रीहरूका लागि अनुमानित फिर्ती मिति सार्वजनिक गरेको छैन । विल्मोरले उनीहरूलाई घर पुर्याउने स्टारलाइनरको क्षमतामा पूर्णरूपमा विश्वस्त रहेको बताए ।

“अन्तरिक्ष यान हामीलाई पृथ्वीमा फिर्ता ल्याउन सक्षम छ भन्नेमा म विश्वस्त छु, कुनै समस्या छैन”, विलियम्सले आइएसएसबाट पत्रकारहरूलाई भने, “हामी यहाँ थप दुई हप्ता रहनुपर्दा मेरो कुनै गुनासो छैन, बुचको कुनै गुनासो छैन ।” भारतीय मूलका नासाका अन्तरिक्ष यात्रीको अन्तरिक्षमा यो तेस्रो यात्रा हो ।

विल्मोर र विलियम्सले नासाको बोइङ क्रू फ्लाइट टेस्ट मिसनका लागि फ्लोरिडाको केप क्यानभेरल स्पेस फोर्स स्टेसनमा स्पेस लन्च कम्प्लेक्स–४१  बाट युनाइटेड लन्च एलायन्स एटलस ५ रकेटमा जुन ५ मा प्रक्षेपण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’

विश्वकै ‘गरिब राष्ट्रपति’ उरुग्वेका जोसे मुजिकाको निधन

बीबीसी । ‘पेपे’ भनेर चिनिने उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा

बेलायतमा तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

लन्डन । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत

राष्ट्रसङ्घीय शान्ति पहललाई मजबुत पार्न वित्तीय योगदान अपरिहार्यः महासचिव गुटेरेस

बर्लिन । संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरूलाई राष्ट्रसङ्घको शान्ति स्थापनासम्बन्धी