गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया



हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

यदि प्रशासनले युद्ध समाप्त गर्न चाहेको खण्डमा नेतान्याहुलाई युद्धविराममा पुग्न दबाब दिनुपर्ने हमासको राजनीतिक ब्युरोका सदस्य हुसाम बद्रानले विज्ञप्ति मार्फत जनाएका छन् ।

द्वन्द्वमा प्यालेस्टिनी जनता पीडित रहेको उल्लेख गर्दै इजरायली सेनाले पीडितको झूटो दाबीको पछाडि लुकाउने गरेको बताएका छन् ।

इजिप्टेली मिडियाको रिपोर्ट अनुसार यूएस सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्स कैदी आदानप्रदान सम्झौता र गाजा पट्टीमा नौ महिना लामो युद्धको अन्त्य सम्बन्धी वार्तामा भाग लिन यस हप्ता कायरो जाने अपेक्षा गरिएको छ ।

कैदी वार्तामा संलग्न एजेन्सीहरूका अधिकारीहसहित इजरायली प्रतिनिधिमण्डल गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न कायरो पुग्ने अपेक्षा गरिएको मिडियाले जनाएका छन् ।

इजरायललेसन् २०२३ अक्टोबर–७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसा विरुद्ध बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा एक हजार २०० मानिसहरु मारिए भने २३० भन्दा बढीलाई बन्धक बनाइयो ।

आक्रमण सुरु भएदेखि नै इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच युद्धविराम र कैदी आदानप्रदान गर्ने प्रयास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस