बाइडेनद्वारा डेमोक्रेटहरूलाई कडा चुनौती



 

अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि आफ्नो पुनर्निर्वाचनको दावेदारी महत्त्वपूर्ण सातामा प्रवेश गर्दा राष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक सांसदहरूलाई आफ्नो पुनर्निर्वाचन अभियानलाई समर्थन गर्न वा आगामी महिना हुने पार्टी सम्मेलनमा आफूलाई चुनौती दिन आग्रह गरेका छन् ।

गत महिना रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध विनाशकारी बहसपछि दोस्रोकालको सेवा गर्न उनी धेरै वृद्ध भएको डरले ८१ वर्षीय बाइडेनले पदबाट हट्ने आह्वानलाई अस्वीकार गरे ।

धेरै सहयोगीले अलगाववादी ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा जित्ने भविष्यवाणी गरेको सर्वेक्षणका बीच आश्वासन खोजेका बाइडेनको वासिङ्टनमा यसै साता नाटो नेताहरूको शिखर सम्मेलनमा थप परीक्षण हुनेछ ।

‘त्यहाँका औसत मतदाताले अहिले पनि जो बाइडेनलाई चाहन्छन्’ भन्नेबारे ‘आश्वस्त’ थिए भन्न लगाउन बाइडेनलाई एमएसएनबिसीको ‘मर्निङ जो’ टेलिभिजन कार्यक्रममा बोलाइएको थियो ।

“पार्टीमा सम्भ्रान्तहरूबाट धेरै निराश भइरहेको छु”, टेलिफोन अन्तर्वार्तामा आक्रोशित हुनुभएका बाइडेनले भने “मैले निर्वाचन लड्नुपर्छ भन्ने नलाग्ने यीमध्ये कोही पनि मेरो विरुद्धमा उभिउन्, राष्ट्रपति पदका लागि घोषणा गरुन्, सम्मेलनमा मलाई चुनौती दिउन् ।”

साताको प्रारम्भको कारवाहीमा उहाँले डेमोक्रेटिक पार्टीका सांसदहरूलाई ‘म पद छाड्न अस्वीकार गर्दछु’ भन्दै लामो पत्र लेखेका छन् ।

“म दौडमा रहन दृढतापूर्वक प्रतिबद्ध छु”, लेखेका छन्, “कसरी अगाडि बढ्ने भन्ने प्रश्न एक साताभन्दा बढी भइसक्यो, अब यो अन्त्य गर्ने बेला हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।