बेलायतको निर्वाचनमा लेबर पार्टीको फराकिलो अग्रता



बीबीसी । बेलायतमा मतसर्वेक्षणहरूले किअर स्टार्मरको लेबर पार्टीले अत्यधिक बहुमत हासिल गर्ने देखाएका छन् । बीबीसीले स्टार्मर अब बेलायतको नयाँ प्रधानमन्त्री बन्न सक्ने प्रक्षेपण गरेको छ ।

विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको बेलायतमा यो पटक लेबर पार्टीले सरकार बनाउने मतसर्वेक्षणहरूले देखाएका छन् । लेबरले ४०५ सीट र प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले १५४ सीट जित्ने प्रक्षेपण गरिएको छ ।

एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ । कुल ६५० सदस्य रहने बेलायतको संसदमा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ ।

बेलायतमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । एउटै दलले बहुमत सीट हासिल गरेको अवस्थामा बेलायतमा सप्ताहान्तअघि नै नयाँ प्रधानमन्त्री नियुक्त हुने ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी