म्यान्मामा नरसंहार बढेको राष्ट्रसङ्घका अधिकारीको चेतावनी



 

संयुक्त राष्ट्रसङ्घका एक विज्ञले म्यान्माको रखाइन राज्यले आठ वर्षअघि दमनमा परेका रोहिङ्ग्या अल्पसङ्ख्यकविरुद्धको ‘नरसंहार हिंसा’ जस्तो भयावह स्थितिको सामना गरिरहेको चेतावनी दिएका छन् ।

राष्ट्रसङ्घीय मानवाधिकार परिषदमा म्यान्माको अवस्थाबारे विशेष दूत थोमस एन्ड्र्युजले पश्चिमी क्षेत्रमा हालैका घटनाप्रति चिन्ता व्यक्त गरे ।

“जुन्ता सरकारले तीव्ररूपमा अराकान सेना (एए) को हातबाट आफ्नो क्षेत्र गुमाउँदै गरेको रखाइन राज्यको अवस्था भयावह छ”, उनले भने, “उत्पीडित, बलिको बोका, शोषित र युद्धरत पक्षहरूबीच फँसेका रोहिङ्ग्याहरूका लागि अवस्था सन् २०१६ र सन् २०१७ मा नरसंहार हिंसातर्फ प्रतिध्वनित भएको छ ।”

नोभेम्बरमा एएले सुरक्षा बलमाथि आक्रमण गरेपछि रखाइन राज्यमा झडपहरू भइरहेका छन् । प्रजातन्त्रको छोटो अवधिको प्रयोगसँगै सन् २०२१ मा सैन्य कुपछि धेरै हदसम्म कायम रहेको युद्धविरामलाई यी झडपले अन्त्य गरेको छ ।

एएका लडाकूहरूले धेरै इलाका कब्जा गरेका छन् र अन्य स्थानमा विरोधीहरूसँग लडिरहेको जुन्तामाथि दबाब बढाएका छन् ।

राष्ट्रसङ्घका तर्फबाट बोल्न नमान्ने मानवाधिकार परिषद्द्वारा नियुक्त स्वतन्त्र विज्ञ एन्ड्र्युजले ‘सेनाले हजारौँ रोहिङ्ग्या युवाहरूलाई भर्ती गरिरहेको र उनीहरूलाई अराकान सेनाविरुद्ध परिचालन गरेको’ बताए ।

उनले चेतावनी दिँदै भने, “धेरै रोहिङ्ग्या युवाहरूलाई उनीहरूको इच्छाविपरीत द्वन्द्वको अग्रपङ्पक्तिमा लगिएको भए पनि अराकान समुदायका सदस्यहरूबाट प्रतिशोधको सम्भावना र हिंसामा गिरावटको सम्भावना अत्यन्त धेरै छ ।”

कुनै समयमा रोहिङ्ग्या र रखाइन दुवैका लागि मानवीय अवस्था ‘अत्यन्त डरलाग्दो’ थियो भन्दै एन्ड्र्युजले रखाइनमा एए सैनिकहरूबाट रोहिङ्ग्या नागरिकहरू विरुद्ध अधिकार उल्लङ्घनसँग जोडिएका रिपोर्टहरू रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको हार्बिनमा विश्वको सबैभन्दा ठूलो इनडोर आइस स्नो थिम पार्क खुला

चीनको उत्तरी हेइलोङजियाङ प्रान्तमा रहेको ‘आइस सिटी’ को हार्बिन भ्रमण गर्ने पर्यटकहरूलाई अब

जुनमा बङ्गलादेशको मुद्रास्फीति दोहोरो अङ्कको नजिक

बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता मूल्य निरन्तर उच्च रहेकाले

श्रीलङ्का सरकारको ऋण स्टकमा कमी

श्रीलङ्काको सरकारी ऋण स्टक सन् २०२३ डिसेम्बरदेखि सन् २०२६ अप्रिलसम्म आठ खर्ब रुपैयाँ

सिड्नीमा घरेलु हिंसाको आरोपमा पपुवा न्यूगिनीका मन्त्री पक्राउ

पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलु हिंसाको आरोपमा पक्राउ