लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु



 

सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको प्रजातन्त्र समर्थक कार्यकर्ताहरूको एक समितिले बिहीबार बताएको छ ।

“दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ, मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्”, स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा भनेको छ ।

गत वर्ष सेना र अर्धसैनिक र्यापिड फोर्स (आरएसएफ) बीच युद्ध सुरु भएपछि प्रजातन्त्र समर्थक प्रदर्शनहरू आयोजना गर्ने र अग्रपङ्क्तिमा सहायता समन्वय गर्ने सुडानभरका सयौँ समितिमध्ये उक्त समिति एक थियो ।

सेन्नारमार्फत आरएसएफको भर्खरैको प्रगतिबाट भाग्दै गर्दा भएको दुर्घटनामा ‘सम्पूर्ण परिवारको मृत्यु’ भएको समितिले बताएको छ ।

पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा शनिबार सैन्य आधार कब्जा गरेको आरएसएफले घोषणा गरेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार आरएसएफले छिमेकी गाउँहरूमा घुसपैठ गरेर त्यहाँका बासिन्दाहरूलाई नाइल नदीपारि काठको सानो डुङ्गाहरूमा भाग्न बाध्य बनाएको थियो । संयुक्त राष्ट्रसङ्घले सोमबार तीन दिनभित्र सिन्जाबाट मात्र कम्तिमा ५५ हजार मानिस भागेको बताएको थियो ।

छिमेकी राज्य गेडारेफमा यसै साता करिब एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीहरूले अनुमान गरेका छन् । राज्यका स्वास्थ्यमन्त्री अहमद अल–अमिन एडमले ९० हजार विस्थापितहरूको आधिकारिकरूपमा दर्ता गरिएको बताए ।

हाल सम्पूर्ण सुडानमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन् । यसलाई राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट भनेको छ ।

सेना प्रमुख अब्देल फतह अल–बुरहानका बफादार सेना र उहाँका पूर्वडेपुटी मोहम्मद हमदान डागलोको नेतृत्वमा रहेको आरएसएफबीच लडाइँ सुरु भएपछि सन् २०२३ अप्रिलदेखि सडान युद्धको चपेटामा छ ।

सुडानमा संयुक्त राज्य अमेरिकाका राजदूत टम पेरिएलोका अनुसार चार करोड ८० लाख जनसङ्ख्या भएको सुडानमा द्वन्द्वले हजारौँ मानिसको ज्यान लिएको छ । केही अनुमानअनुसार मृतकको सङ्ख्या एक लाख ५० हजारसम्म पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्ष बङ्गलादेशमा चट्याङ लागेर तीनसय जनाको मृत्यु

ढाका । बङ्गलादेशमा यसवर्ष चट्याङमा परी करिब तीनसय जनाको मृत्यु भएको छ ।

भारतको मेघालयमा बाढीपहिरोमा परी दश जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको

युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

मस्को । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको

लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसङ्घीय शान्ति सेनाको दाबी

बेरुत । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शनिबार स्थानान्तरण गर्ने