दक्षिण कोरियामा सामसुङका कामदारहरूद्वारा हड्ताल घोषणा



तलब र लाभांशमा विवाद भएपछि सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरू तत्काल हडतालमा जाने एक युनियन प्रमुखले घोषणा गरेका छन् ।

नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वु–मोकले भने, “हाम्रा माग पूरा नभएसम्म हामी ‘नो पे नो वर्क’ आम हडतालमार्फत लड्नेछौँ ।” यो कदम जुनमा एक दिनको वाकआउट पछ्याइएको कम्पनीमा पहिलो यस्तो सामूहिक कार्य हो जुन दशकौंसम्म युनियनबिना चलेको थियो ।

सनले भने, “सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूलाई भर्खरको प्रस्तावले करिब २८ हजार कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनका सबै सदस्यलाई निराश बनाएको ।”

कम्पनीले यही वर्षको जुनको हडतालअघि कामदारको तलब पाँच दशमलव एक प्रतिशत वृद्धि गर्ने प्रस्ताव गरेको छ ।

हालको प्रस्तावलाई अस्वीकार गर्दै युननिय प्रमुखले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनसलगायतका माग राखे ।

सामसुङ इलेक्ट्रोनिक्स संसारको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताहरूमध्ये एक हो । यो भिडियो, आर्टिफिसियल इन्टेलिजेन्स हार्डवेयरसहित जेनेरेटिभ एआईका लागि प्रयोग गरिने उच्च–अन्त मेमोरी चिपहरू उत्पादन गर्ने विश्वव्यापी रूपमा कम्पनीहरूमध्ये एक हो ।

युनियनका उपाध्यक्ष ली ह्युन–कुकले भने, “हामीलाई कम्पनीबाट अहिलेसम्म कुनै आधिकारिक सञ्चार प्राप्त भएको छैन कि उनीहरूले हाम्रो हडतालको घोषणा पाएका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य

लेबनान–इजरायल सीमामा तनाव बढ्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले ब्लू लाइन भनेर चिनिने लेबनान–इजरायल सीमामा बढ्दो झडपबारे गम्भीर चिन्ता व्यक्त

पाकिस्तानमा बजेटपछि बढ्यो मुद्रास्फीति 

आर्थिक वर्ष २०२४–२५ को बजेट पेस भएपछि पाकिस्तानको मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि भएको छ

सन् २०२४ मा मा विश्वव्यापी खाद्यान्न उत्पादन उच्च स्तरमा

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्घठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी