अफगानिस्तानमा इदको बिदामा भएका सवारी दुर्घटनामा ४८ जनाको मृत्यु



अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सवारी दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु हुनुका साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएका छन् ।

ट्राफिक प्रहरी महानिर्देशनालयका प्रमुख हसिबुल्लाह मोख्तरले, ‘यहाँ ९७ सडक दुर्घटना हुँदा करिब एक सय ६१ जना घाइते र ४८ जनाको मृत्यु भयो ।’

द्वन्द्वग्रस्त मुलुकमा सडकको कमजोर अवस्था, लापरवाही सवारी चलाउने र यात्राका क्रममा सुरक्षा उपायको अभाव जस्ता घातक सडक दुर्घटनाका कारण हुन् ।

यस वर्ष अफगानिस्तानमा इद अल–अधाको बिदा सुरुमा तीन दिनसम्म रहने घोषणा गरिएको थियो तर पछि पाँच दिनसम्म लम्ब्याइएको छ ।

अप्रिलमा इद अल–फित्रको चार दिने बिदामा अफगानिस्तानमा सडक दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो भने एक सय ८५ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुरु

माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापि प्राविधिक अवरोधका कारण प्रभावित बैंङ्क, वित्तीय

राष्ट्रसङ्घीय अदालतद्वारा इजरायललाई प्यालेस्टिनी क्षेत्रमा गैरकानुनी उपस्थिति अन्त्य गर्न आह्वान

अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले इजरायललाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति छिटै अन्त्य

गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला

गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले