श्रीलङ्काले इको टुरिजमलाई प्रवर्द्धन गर्ने



श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सिमसारको संरक्षणमार्फत इको–टुरिजमलाई अगाडि बढाउन श्रीलङ्काको प्रतिबद्धतालाई जोड दिएका छन् ।

राष्ट्रपतिले जलवायु परिवर्तन र वातावरणीय चुनौतीहरू विरुद्ध लड्न बाह्य कोष पर्खनुको व्यर्थतालाई जोड दिँदै उष्णकटिबन्धीय देशहरूलाई वातावरणीय परियोजनाहरूसँग सम्बन्धित आत्मनिर्भर वित्तीय मोडेलहरू खोज्न आह्वान गरेको उनको कार्यालयले जनाएको छ ।

उनले डब्ल्यूएलआई एशिया ओशिनिया सम्मेलन सन् २०२४ को समापन समारोहमा उक्त टिप्पणी गरेका हुन् ।

सिमसारको दिगो व्यवस्थापनका लागि सहकार्यलाई बढावा दिन कोलम्बोमा जुन १७ देखि जुन २१ सम्म ‘पर्यावरणमैत्री पर्यटनका लागि सिमसार र सिमसार केन्द्रहरू’ विषय रहेको सम्मेलन आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुरु

माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापि प्राविधिक अवरोधका कारण प्रभावित बैंङ्क, वित्तीय

राष्ट्रसङ्घीय अदालतद्वारा इजरायललाई प्यालेस्टिनी क्षेत्रमा गैरकानुनी उपस्थिति अन्त्य गर्न आह्वान

अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले इजरायललाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति छिटै अन्त्य

गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला

गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले