पाकिस्तानद्वारा अर्थतन्त्र, नवप्रवर्तनलाई बढावा दिन आर्थिक रूपान्तरण एकाइ स्थापना



पाकिस्तानको योजना, विकास र विशेष पहल मन्त्रालयले अर्थतन्त्र, उत्पादकत्व र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने सरकारको प्रयासको हिस्साका रूपमा राष्ट्रिय आर्थिक रूपान्तरण एकाइ (नेटु) स्थापना गरेको घोषणा गरेको छ ।

नयाँ पहलले पाकिस्तानमा व्यापक आर्थिक सुधार र दिगो विकासलाई अगाडि बढाउने लक्ष्य राखेको छ । यसले आर्थिक वृद्धिलाई सहजीकरण गर्ने, उत्पादकत्व बढाउने र नवप्रवर्तनलाई बढावा दिने रणनीतिक निकायका रूपमा सेवा गरिरहेको मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

नेटुले सन् २०३५ सम्ममा पाकिस्तानको १० खर्ब डलरको अर्थतन्त्र बन्ने दीर्घकालीन आर्थिक लक्ष्यअनुरूप प्रमाणमा आधारित नीति र पहलहरू कार्यान्वयन गर्न सरकारी निकायहरू, निजी क्षेत्रका संस्थाहरू, शिक्षाविद्हरू र अन्तर्राष्ट्रिय साझेदारहरू लगायत विभिन्न सरोकारवालाहरूसँग नजिकको सहकार्यमा काम गर्नेछ ।

नयाँ पहलअन्तर्गत आर्थिक विविधीकरण, नवप्रवर्तन र प्रविधि, मानव पूँजी विकास, दिगो विकास, सार्वजनिक–निजी साझेदारी र आधुनिक पूर्वाधारलगायतका प्रमुख क्षेत्रलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ ।

“आर्थिक चुनौतीहरू सम्बोधन गर्न, समावेशी वृद्धिलाई पुनरुत्थान र प्रवर्द्धन गर्न र हाम्रो विकास रणनीतिहरू दिगो र अग्रगामी सोचाइ सुनिश्चित गर्न नेटुले महत्त्वपूर्ण भूमिका खेल्नेछ । नेटुले उत्कृष्ट पाकिस्तानी प्रतिभाहरूलाई आकर्षित गर्नेछ र राष्ट्र निर्माणमा आफ्नो भूमिका खेल्न सक्षम बनाउने छ” मन्त्री आसान इकबालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुरु

माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापि प्राविधिक अवरोधका कारण प्रभावित बैंङ्क, वित्तीय

राष्ट्रसङ्घीय अदालतद्वारा इजरायललाई प्यालेस्टिनी क्षेत्रमा गैरकानुनी उपस्थिति अन्त्य गर्न आह्वान

अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले इजरायललाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति छिटै अन्त्य

गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला

गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले