केन्यामा विदेशी शरणार्थीको भार बढ्दो



केन्याले २० भन्दा बढी देशहरूबाट अनुमानित सात लाख ७५ हजार शरणार्थीलाई आश्रय दिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर) ले जनाएको छ ।

केन्याको काकुमामा रहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त उपकार्यालयका प्रमुख नन्दुरी सतीशले जानकारी दिएअनुसार १० हजार शरणार्थीहरू सहरी क्षेत्रमा बसोबास गरिरहेका छन् ।

करिब ९० प्रतिशत शरणार्थी सोमालिया, दक्षिण सुडान,  लोकतान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया र बुरुन्डीका रहेको उत्तरपूर्वी केन्याको ककुमा शरणार्थी शिविरमा सतीशले बताए ।

उत्तरपूर्वी केन्याको दादाब शरणार्थी शिविरमा तीन लाख ७५ हजार शरणार्थी रहेका भन्दै उनले काकुमाको शरणार्थी शिविरमा दुई लाख ८८ हजार शरणार्थी रहेका बताए ।

पाँच वर्षअघि शरणार्थीको सङ्ख्या छ लाख रहेको तर पूर्वी अफ्रिका क्षेत्रमा अस्थिरताका कारण यो सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे ।

खडेरी र अत्यधिक गर्मीजस्ता जलवायु परिवर्तनको प्रभावबाट बच्न शरणार्थीका लागि केन्या सुरक्षित गन्तब्य बनेको युएनएचसीआरका अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुरु

माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापि प्राविधिक अवरोधका कारण प्रभावित बैंङ्क, वित्तीय

राष्ट्रसङ्घीय अदालतद्वारा इजरायललाई प्यालेस्टिनी क्षेत्रमा गैरकानुनी उपस्थिति अन्त्य गर्न आह्वान

अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले इजरायललाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति छिटै अन्त्य

गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला

गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले