युक्रेनले छिट्टै इयु सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने



युक्रेनले चाँडै नै युरोपेली सङ्घ (इयु) सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने बुधबार बताएको छ । सम्झौताहरूको शृङ्खलामा पछिल्लो सम्झौताले युक्रेनले आगामी वर्षमा रुससँगको लडाइँमा सैन्य सहयोग सुनिश्चित हुने आशा गरेको छ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता संयुक्त राज्य अमेरिकासँग आफ्नो युद्धग्रस्त मुलुकको नाटो सदस्यताका लागि ‘सेतु’ का रूपमा सहमति भएको ‘अभूतपूर्व’ १० वर्षको सुरक्षा सम्झौताको प्रशंसा गरे ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार किएभले इयुका सदस्य मुलुकसहित १७ मुलुकसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ र अन्य १० मुलुकसँग सम्झौतामा वार्ता गर्ने प्रक्रियामा छ ।

“युक्रेनी र इयुका वार्ता टोलीहरूले सुरक्षा सम्झौताको पाठलाई अन्तिम रूप दिएका छन् र निकट भविष्यमा यसमा हस्ताक्षर गर्ने सहमति व्यक्त गरेका छन्”, युक्रेनी राष्ट्रपतिले एक विज्ञप्तिमा भने ।

सुरक्षा सम्झौता युक्रेनका लागि खतरनाक समयमा भएको छ । युक्रेनी सेना रुसी आक्रमणविरुद्ध मुलुकको पूर्व र दक्षिणमा सीमामा पकड कायम गर्नका लागि सङ्घर्ष गरिरहेको छ र उसको हतियार कमजोर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुरु

माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापि प्राविधिक अवरोधका कारण प्रभावित बैंङ्क, वित्तीय

राष्ट्रसङ्घीय अदालतद्वारा इजरायललाई प्यालेस्टिनी क्षेत्रमा गैरकानुनी उपस्थिति अन्त्य गर्न आह्वान

अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले इजरायललाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति छिटै अन्त्य

गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला

गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले