रामाफोसाद्वारा दक्षिण अफ्रिकाको राष्ट्रपतिको शपथ ग्रहण



 

दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) का नेता सिरिल रामाफोसाले बुधबार प्रशासनिक राजधानी प्रिटोरियामा आयोजित समारोहमा आगामी पाँच वर्षका लागि मुलुकको राष्ट्रपति पदको शपथ लिएका छन् ।

“गणतन्त्रको राष्ट्रपतिको हैसियतमा स्वतन्त्रताको नयाँ दशकमा प्रवेश गर्दा हाम्रो मुलुकले सामना गरिरहेका चुनौतीको समाधान खोज्न योगदान गर्न इच्छुक हरेक राजनीतिक दल र क्षेत्रसँग पुग्न र काम गर्न म सबैसँग काम गर्नेछु”, रामाफोसाले शपथ ग्रहण समारोहमा भने ।

 

जुन १४ मा संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा दुई सय ८३ मत प्राप्त गरेर ७१ वर्षीय रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भए । उनका प्रतिद्वन्द्वी इकोनमिक फ्रिडम फाइटरका जुलियस मालेमालाई ४४ मत प्राप्त भयो ।

दक्षिण अफ्रिकाको संविधानबमोजिम नेसनल एसेम्बलीबाट चयन भएको पाँच दिनभित्र निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्नुपर्छ ।

“हामी सबै दल, नागरिक समाज, श्रम, व्यापार र अन्य संरचनाहरूलाई मुलुकले सामना गर्ने गम्भीर चुनौतीहरूमा राष्ट्रिय संवादका लागि आमन्त्रण गर्नेछौँ”, राष्ट्रिय एकताको सरकार बनाउने महत्त्वमाथि जोड दिँदै रामाफोसाले भने, “हामीले हाम्रो इतिहासका धेरै महत्त्वपूर्ण क्षणहरूमा गरेजस्तै हाम्रो राष्ट्रिय विकास योजनाका आकांक्षाहरूलाई साकार बनाउन सामाजिक सम्झौता बनाउने प्रयास गर्नेछौँ ।”

मे २९ मा भएको आम निर्वाचनमा एएनसीले नेसनल एसेम्बलीको चार सय सिटमा एक सय ५९ सिट हासिल गर्यो । यो सङ्ख्या संसद्को तल्लो सदनमा आफ्नो ३० वर्ष पुरानो स्पष्ट बहुमत कायम राख्नका लागि आवश्यक ५० प्रतिशतभन्दा कम थियो ।

एएनसी, डेमोक्रेटिक अलायन्स, इन्कथा फ्रिडम पार्टी, गुड एन्ड पेट्रिओटिक अलायन्ससहित कूल पाँच राजनीतिक दलले आधिारिकरूपमा राष्ट्रिय एकताको सरकारमा सहभागी हुने उद्देश्यले एक विज्ञप्तिमा हस्ताक्षर गरेको एएनसीले सोमबार घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुरु

माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापि प्राविधिक अवरोधका कारण प्रभावित बैंङ्क, वित्तीय

राष्ट्रसङ्घीय अदालतद्वारा इजरायललाई प्यालेस्टिनी क्षेत्रमा गैरकानुनी उपस्थिति अन्त्य गर्न आह्वान

अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले इजरायललाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति छिटै अन्त्य

गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला

गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले