उत्तर कोरिया भ्रमणमा निस्कदै पुटिन



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा उत्तर कोरिया जाँदैछन् ।  विश्वको सबैभन्दा एकान्त मुलुक उत्तर कोरियाको भ्रमण पुटिनले सन् २०२२ फेब्रुअरीमा सुरु गरेको आफ्नो सैन्य अभियानलाई जारी राख्नका लागि गोला बारुद मागिरहेको बेला भइरहेको छ । यसले मस्कोले अभूतपूर्वरूपमा एक्लो पारेको छ ।

रुसको सुदूरपूर्वको दुर्लभ विदेश भ्रमणमा उत्तर कोरियाका नेता किम जोङ उनलाई आतिथ्यता गरेको नौ महिनापछि पुटिनको यो भ्रमण हुन लागेको छ । उक्त भ्रमणमा दुवै नेताले एक अर्काको प्रशंसा गरेका थिए ।

“राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १८ देखि १९ सम्म उत्तर कोरियाको मैत्रीपूर्ण राजकीय भ्रमण गर्नुहुनेछ”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । त्यसपछि उनले भियतनामको भ्रमण गर्नेछन् ।

पश्चिमी मुलुकहरू, दक्षिण कोरिया र किएभले उत्तर कोरियामाथि राष्ट्रसङ्घीय प्रतिबन्धको उल्लङ्घन गर्दै युक्रेनमा प्रयोगका लागि मस्कोमा हतियार पठाएको आरोप लगाएका छन् ।

बदलामा रुसले प्योङयाङलाई उसको उपग्रह कार्यक्रमका लागि प्राविधिक सहायता प्रदान गरेको र खाद्यान्नको सङ्कटग्रस्त मुलुकलाई सहायता पठाएको वासिङ्टन र सोलले बताएका छन् ।

युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले विदेश भ्रमण कम गर्नुभएको छ तर चीन जस्ता मस्कोका केही प्रमुख सहयोगीहरूको केही उच्च प्रोफाइल भ्रमण गरेका छन् ।

सानो भूमि साझा गर्ने रुस र उत्तर कोरियाबीच ऐतिहासिक सम्बन्ध छ । सन् १९५० को दशकमा कोरियाली युद्धपछि सोभियत सङ्घले उत्तर कोरियाको स्थापना गर्न सहयोग गरेको थियो ।

सोभियत सङ्घको पतनपछि रुस प्योङयाङसँग कामकाजी सम्बन्ध राख्ने केही मुलुकमध्येको एक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुरु

माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापि प्राविधिक अवरोधका कारण प्रभावित बैंङ्क, वित्तीय

राष्ट्रसङ्घीय अदालतद्वारा इजरायललाई प्यालेस्टिनी क्षेत्रमा गैरकानुनी उपस्थिति अन्त्य गर्न आह्वान

अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले इजरायललाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति छिटै अन्त्य

गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला

गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले