उत्तरपश्चिमी फ्रान्सको एक स्टड फार्ममा लागेको आगलागीमा ७० वटा घोडा मरेका छन् ।
क्याल्भाडोस, नर्मन्डीको बर्नेस्क स्टड फार्ममा रहेको पाँच सय वर्गमिटर शेडमा आगो आइतबार बिहानै आगो लागेको थियो । शेड घोडाहरू प्रजनन गर्न समर्पित थियो ।
स्थानीय अधिकारीले भने, ‘जाँचहरू आवश्यक रहेको छ । यहाँ ७० घोडा मरेको रिपोर्ट गरिएको छ । यसमा घोडी र बच्चाहरु समेत रहेका थिए ।’
आगलागीको कारण आकस्मिक भएको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले घटनाको यकिन कारण पत्ता लगाउन आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया