इजरायललाई आइसीजेको फैसलाको पालना गर्न अष्ट्रेलियाको आग्रह



 

अष्ट्रेलिया सरकारका एक वरिष्ठ मन्त्रीले इजरायललाई दक्षिणी गाजामा सैन्य आक्रमण रोक्न अन्तर्राष्ट्रिय  अदालत (आइसीजे)को आदेशको पालना गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत आइसीजेले शुक्रबार इजरायललाई दक्षिणी गाजा सहर रफाहमा सैन्य आक्रमण तुरुन्तै रोकी इजिप्ट र गाजाबिचको राफाह क्रसिँग खोल्न आदेश दिएको छ ।

यसको जवाफमा अष्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री तथा प्रधानमन्त्री एन्थोनी अल्बनिजको मन्त्रीमण्डलका सदस्य क्रिस बोवेनले सङ्घीय सरकारले उक्त फैसलालाई समर्थन गरेको बताए ।

उनले रफाहको स्थितिलाई मानवीय प्रकोपको रूपमा वर्णन गर्दै त्यहाँ अझ खराब हुने सम्भावना व्यक्त गरे । रफाहमाथि आक्रमण नगर्न स्थिर रहेको बोवेनले शनिबार पत्रकार सम्मेलनमा बताए ।

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्नेमा विश्वास गर्ने बताउदै अष्ट्रेलियाको  बाध्यकारी निर्णयको पालना गरी इजरायलले राफाहलाई आक्रमणलाई रोक्नुपर्ने उनले बताए ।

आइसीजेको आदेशलाई १५ अन्तर्राष्ट्रिय न्यायाधीशको प्यानलले  १३÷२ मतमा पारित गरेको थियो । इजरायल र युगान्डाका न्यायाधीशले यस निर्णयको विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिणी चीनमा प्राचीन दुई जहाजको भग्नावशेषबाट नौ सय टुक्रा सांस्कृतिक अवशेष फेला

  चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ

गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा

दोहामा राष्ट्रसङ्घीय वार्तामा तालिबान सरकार सहभागी हुने

अघिल्लो चरणको निमन्त्रणालाई अस्वीकार गरेका तालिबान अधिकारीहरू कतारको राजधानी दोहामा अफगानिस्तानबारे संयुक्त राष्ट्रसङ्घले

रुसका दुई जेल कर्मचारी आइएस कैदीको कब्जामा

दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक