भारतमा लोकसभा चुनावको छैटौँ चरणमा मतदान सुरु



 

जारी लोकसभा चुनावको छैटौँ चरणको मतदान शनिबार बिहान ६ वटा राज्य र दुई केन्द्र शासित प्रदेश (युटी)मा फैलिएको ५८ संसदीय निर्वाचन क्षेत्रमा भइरहेको छ । बिहान ७ बजे सुरु भएको मतदान  साँझ छ बजेसम्म जारी रहनेछ ।

बिहान मतदान सुरु हुनुअघि ओडिसामा लोकसभा र विधानसभा चुनावका लागि विभिन्न क्षेत्रमा नमुना मतदान गरिएको थियो ।

छैटौँ चरणको मतदानमा बिहारका आठ, हरियाणाका सबै, जम्मु–कश्मीरको एक, झारखण्डका चार, दिल्लीका सात, ओडिसाका छ, उत्तर प्रदेशका १४ र पश्चिम बङ्गाालका आठ सिटका लागि मतदान भइरहेको छ । जसमा कुल आठ सय ८९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

छैटौँ चरणमा ओडिसाका ४२ वटा विधानसभा निर्वाचन क्षेत्रमा पनि मतदान हुँदैछ । जहाँ लोकसभा चुनावसँगै विधानसभा चुनाव भइरहेको छ । यस चरणमा दिल्ली र हरियाणाका सबै संसदीय सिटमा मतदान हुनेछ । प्रमुख उम्मेदवारमा दुई पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टर र मेहबुबा मुफ्ती रहेका छन् । करनालबाट भाजपाका उम्मेदवारका रूपमा खट्टर र अनन्तनाग–राजौरीबाट पिडिपी उम्मेद्वार मेहबुबा मुफ्ती चुनाव लड्दैछन् ।

केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान, भाजपाका प्रवक्ता सम्बित पात्रा र पूर्वकेन्द्रीय मन्त्री मेनका गान्धी प्रमुख उम्मेदवार छन् । अन्य प्रमुख उम्मेदवारमा बांसुरी स्वराज, सोमनाथ भारती, मनोज तिवारी, कन्हैया कुमार, दिनेशलाल यादव उर्फ ‘निरहुआ’, धर्मेन्द्र यादव, अभिजीत गङ्गोपाध्याय, अग्निमित्रा पल, नवीन जिन्दल, राज बब्बर, दीपेन्दर सिंह हुडा, कुमारी शैलजा र अपराजित सारङ्गिया रहेका छन् ।

केही प्रमुख सिटमा नयाँ दिल्ली, उत्तर–पूर्वीदिल्ली, उत्तर–पश्चिम दिल्ली र राजधानीको चाँदनी चोक र उत्तर प्रदेशको सुल्तानपुर र आजमगढ समावेश छन् । प्रमुख सिटकैरुपमा जम्मु–कश्मीरको अनन्तनाग–राजौरी, पश्चिम बङ्गालको तामलुक, मेदिनीपुर, हरियाणाको कर्नाल, कुरुक्षेत्र, गुडगाँव, रोहतक र ओडिसाको भुवनेश्वर, पुरी र सम्बलपुरलगायत छन् ।

पछिल्लो दुई चुनावमा राजधानीका सातवटै लोकसभा सिट जितेको भाजपासँग  दिल्लीमा आप र कांग्रेसले संयुक्तरूपमा प्रतिस्पर्धा गरिरहेका छन् । राजधानीमा कांगे्रसले तीनवटा सिटमा लडेको छ भने एएपीले चारवटा सिटमा लडेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पार्टीका अन्य नेताको र्यालीले भाजपाको अभियानलाई बलियो बनाएको छ । सर्वोच्च अदालतद्वारा अन्तरिम जमानतमा रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि आप र कांगे्रस उम्मेद्वारका लागि मत मागेका छन् ।

आम आदमी पार्टी र कांग्रेसले हरियाणामा पनि हातेमालो गरेका छन्  । जहाँ सन् २०१९ को लोकसभा चुनावमा भाजपाले सबै सिट जितेको थियो । हिसार सहित राज्यका केही सिटमा बहुआयामिक प्रतिस्पर्धा भइरहेको छ । यस राज्यमा लोकसभा चुनावको केही महिनापछि विधानसभा चुनाव हुनेछ ।

ओडिसाका सम्बलपुर, भुवनेश्वर र पुरीमा पनि केही सौदावाजीको सामना गरिरहेको छ । जहाँ तातो मौसम तथा वर्षाको प्रतिकूल प्रभाव व्यवस्थापन गर्न पर्याप्त उपाय अपनाउन सम्बन्धित सीइओ र राज्य अधिकारीलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रमा पर्याप्त छायाँ, पिउने पानी,  शौचालय र अन्य आधारभूत सुविधा हुनेछन् ताकि मतदान सहज र सुरक्षित वातावरणमा सम्पन्न होस् ।

निर्वाचन आयोगले मतदातालाई ठूलो सङ्ख्यामा मतदान केन्द्रमा उपस्थित भएर जिम्मेवारी र गर्वका साथ मतदान गर्न अपील गरेको छ ।

आम चुनावको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका चार सय २८ संसदीय निर्वाचन क्षेत्रमा मतदान भइसकेको छ । जहाँ ११.१३ करोडभन्दा बढी मतदातामध्ये ५.८४ करोड पुरुष, ५.२९ करोड महिला पाँच हजार एक सय २० तेस्रो लिङ्गका मतदाता छन् । निर्वाचन  सञ्चालन गर्न करिब ११.४ लाख मतदान अधिकारी सङ्लग्न हुनेछन् ।

जहाँ ८५ वर्षभन्दा माथिका ८.९३ लाख दर्ता भएका मतदाता, १०० वर्षभन्दा माथिका  २३ हजार ६५९ मतदातालाई लोकसभा चुनावको अन्तिम चरणमा आफ्नो घरबाट मतदान गर्ने विकल्प प्रदान गरिएको छ । जम्मू–कश्मीरको अनन्तनाग–राजौरी लोकसभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुनेछ । निर्वाचन समितिले मतदानको मिति परिवर्तन गर्न निवेदन प्राप्त गरेपछि मतदानको मिति मे–७ बाट २५ सम्म संशोधन गरेको थियो ।

सातौँ चरणको मतदानपछि जुन–१ मा लोकसभा सम्पन्न हुनेछ जसमा ५७ निर्वाचन क्षेत्रका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको परिणाम भने जुन–४ मा घोषणा गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिणी चीनमा प्राचीन दुई जहाजको भग्नावशेषबाट नौ सय टुक्रा सांस्कृतिक अवशेष फेला

  चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ

गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा

दोहामा राष्ट्रसङ्घीय वार्तामा तालिबान सरकार सहभागी हुने

अघिल्लो चरणको निमन्त्रणालाई अस्वीकार गरेका तालिबान अधिकारीहरू कतारको राजधानी दोहामा अफगानिस्तानबारे संयुक्त राष्ट्रसङ्घले

रुसका दुई जेल कर्मचारी आइएस कैदीको कब्जामा

दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक