इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद



इजरायली सेनाले शुक्रबार उत्तरी गाजा पट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन जना बन्धकको शव भेटेको जनाएको छ ।

बन्धकहरूको शव नियन्त्रणमा लिई परिवारसँगको फोरन्सिक परीक्षण पहिचानपछि नाम सार्वजनिक गरिएको इजरायली सेनाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

मृत भेटिएका इजरायली बन्धक चानान याब्लोन्का, इजरायली मुलका ब्राजियाली नागरिक मिशेल निसेनबाम र फ्रान्सेली मुलका मेक्सिकोका नागरिक हर्नान्डेज राडोक्स रहेका छन् ।

अक्टोबर सातमा हमास लडाकुहरूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गर्दा ४२ वर्षीय याब्लोन्का र ३२ वर्षीय राडोक्सलाई सङ्गीत महोत्सवबाट अपहरण गरिएको थियो ।

यसैगरी, गाजा नजिकैको इजरायली सहर सेडेरोटका बासिन्दा ५९ वर्षीय निसेनबामसँग हमास आक्रमणको दिन नातिनीलाई लिन सीमामा रहेको सेनाको आधार शिविर जाने क्रममा अन्तिम पटक सम्पर्क भएको थियो ।

बाँकी बन्धकहरूको सुरक्षित रिहाइ गर्न बढ्दो दबाबबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शुक्रबार जारी विज्ञप्तिमा भनेका छन्, “श्रीमती सारा र म इजरायली जनतासँगै रहेर गहिरो दुःख एवम् समवेदना व्यक्त गर्दछौँ साथै शोकाकुल परिवारजनमा यस कठिन घडीमा सहानुभुति प्रकट गर्दछौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिल्ली उच्च अदालतद्वारा केजरीवालको भिडियो सामाजिक सञ्जालबाट हटाउन निर्देशन

दिल्ली उच्च अदालतले शनिबार सुनिता केजरीवाल (दिल्ली मुख्यमन्त्रीकी पत्नी), धेरै व्यक्ति, फेसबुक, युट्युब

उत्तराखण्डको रुद्रप्रयागमा टेम्पो दुर्घटना हुँदा १० जनाको मृत्यु

  उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार टेम्पो ट्र्याभलर गहिरो खाडलमा खस्दा १०

चीनमा तटरक्षा सम्बन्धी नयाँ नियम लागू

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको

अस्ट्रेलियासँगको मतभेद हटाउन चिनियाँ प्रधानमन्त्री लीको आग्रह

चीनका प्रधानमन्त्री ली छ्याङले शनिबार आर्थिक अवसरहरूको वाचामा केन्द्रित भ्रमणको सुरुआत गर्दै अस्ट्रेलियासँगको