अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा सिङ्गापुरका पूर्वप्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना



सिङ्गापुरको अदालतले शुक्रबार पूर्व प्रधानमन्त्री ली सिएन लुङका भाइलाई दुई शीर्ष मन्त्रीप्रतिको अपमानजनक अभिव्यक्ति दिएको भन्दै क्षतिपूर्तिका रूपमा दुई लाख ९६ हजार डलर जरिवाना तिर्न आदेश दिएको छ ।

ली सिएन याङले दिएको मानहानीसम्बन्धी फेसबुक अभिव्यक्ती विदेश मामिला र कानून मन्त्रीहरूद्वारा भाडामा लगाइएको उपनिवेशकालको विशाल बङ्गलाहरूको विवादसँग सम्बन्धित छ । उक्त विषयमा गरिएको दुई अनुसन्धानले मन्त्रीहरूले उक्त बिषयमा कुनै गल्ती नगरेको ठहर गरिएकोे थियो ।

आफ्नो दाजु तथा सिङ्गापुरका तत्कालीन प्रधानमन्त्री लीको सरकारले राजनीतिक उत्पीडन गरेको दाबी गर्दै ६६ वर्षीय ली दुई वर्षअघि सिङ्गापुरबाट भागेर विदेशमा बस्दै आएका छन् ।

सिङ्गापुर सहरको बाहिरी क्षेत्रमा अवस्थित प्रमुख सम्पत्तिहरूको बारेमा उनले लगाएको आरोपले राज्यमा आक्रोश निम्त्याएको थियो ।

उच्च अदालतका न्यायाधीश गोह यिहानले शुक्रबार क्षतिपूर्तिको रकम घोषणा गर्दै भने, “उहाँको अपमानजनक अभिव्यक्ति गलत छ भन्ने प्रतिवादीलाई थाहा थियो तर उहाँले साँचो वा झुटो के हो विचार नगरी लापरवाहीपूर्वक आफ्नो अभिव्यक्ति सार्वजनिक गर्नुभयो ।”

लीलाई दुई राजनीतिज्ञहरू–विदेशमन्त्री भिभियन बालाकृष्णन र गृह मामिला तथा कानुनमन्त्री के. शानमुगम प्रत्येकलाई दुई लाख सिङ्गापुर डलर (एक लाख ४८ हजार अमेरिकी डलर) क्षतिपूर्तिका रूपमा तिर्न न्यायाधीश गोहले आदेश दिएका हुन् ।

मन्त्रीहरूले उनलाई मानहानिको लागि छुट्टै मुद्दा हालेका थिए र ली सिङ्गापुरमा नभएका कारण मुद्दाहरूको बारेमा अदालतको सूचना फेसबुक मेसेन्जर मार्फत दिइएको थियो ।

न्यायाधीशले लीलाई नोभेम्बरमा मन्त्रीहरूलाई क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने आदेश दिएपनि तुरुन्तै रकम निर्दिष्ट गरेका थिएनन् ।

लीले विपक्षी दलको सदस्यता लिएका छन् तर उनी संसदका लागि लड्न चाहन्छन् वा हुँदैन भन्नेबारे केही बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिणी चीनमा प्राचीन दुई जहाजको भग्नावशेषबाट नौ सय टुक्रा सांस्कृतिक अवशेष फेला

  चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ

गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा

दोहामा राष्ट्रसङ्घीय वार्तामा तालिबान सरकार सहभागी हुने

अघिल्लो चरणको निमन्त्रणालाई अस्वीकार गरेका तालिबान अधिकारीहरू कतारको राजधानी दोहामा अफगानिस्तानबारे संयुक्त राष्ट्रसङ्घले

रुसका दुई जेल कर्मचारी आइएस कैदीको कब्जामा

दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक