पपुवा न्युगिनीमा पहिरोमा परी करिब एकसय जनाको मृत्यु भएको आशङ्का



पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो ।

स्थानीयले एबीसीलाई बताएअनुसार मृतकको सङ्ख्या १०० भन्दा माथि पुगेको छ । पहिरोमा परी धेरै जनाको मृत्यु भएको तर अहिलेसम्म एकीन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् ।

घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भने, “मानिसहरु राति सुतिरहेको समय पहिरो गएको र पहिरोमा परी सबै गाउ भग्नावशेषमा परिणत भएको छ । पूरै गाउँ नै पहिरोले पुरिएको छ ।” लारुमाले भने, “मेरो अनुमानमा जमिनमुनि करिब १०० भन्दा बढी मानिस पुरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिणी चीनमा प्राचीन दुई जहाजको भग्नावशेषबाट नौ सय टुक्रा सांस्कृतिक अवशेष फेला

  चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ

गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा

दोहामा राष्ट्रसङ्घीय वार्तामा तालिबान सरकार सहभागी हुने

अघिल्लो चरणको निमन्त्रणालाई अस्वीकार गरेका तालिबान अधिकारीहरू कतारको राजधानी दोहामा अफगानिस्तानबारे संयुक्त राष्ट्रसङ्घले

रुसका दुई जेल कर्मचारी आइएस कैदीको कब्जामा

दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक