मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी, आठ जनाको मृत्यु



मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अभियोजकहरूका अनुसार रुसी राजधानीको उत्तरपश्चिममा रहेको इस्ट्रिन्स्की जिल्लामा दुई तले आवासीय भवनमा बिहान करिब चार बजे आगो लागेको थियो । गाउँको छेउमा रहेको उक्त भवनबाट दुई जनाको उद्धार गरिएको तर आठ जनाको शव फेला परेको उद्धारकर्मीहरूले बताएका छन् ।

“अनुसन्धानकर्मीहरूका अनुसार एक २३ वर्षीय व्यक्तिले उक्त घर भाडामा लिएका थिए, घरलाई पछि रुसमा दर्ता नगरिएका विदेशी नागरिकहरूलाई भाडामा दिइएको थियो”, अभियोजकहरूले भनेका छन् ।

अग्निनियन्त्रकहरूले भित्ताका केही भाग भत्किएको उक्त भवनमा धुवाँ उडिरहेको भग्नावशेषलाई अवलोकन गरिरहेको भिडियोमा देखाइएको छ । अभियोजकहरूले आगलागीको सम्भावित कारणमा ग्यासलाई अस्वीकार गरेका छन् ।

अवैध आप्रवासनलाई रोक्ने आधिकारिक प्रयासहरूका बाबजुद कानूनी हैसियतबिना हजारौँ विदेशी रुसमा बस्ने गरेको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिणी चीनमा प्राचीन दुई जहाजको भग्नावशेषबाट नौ सय टुक्रा सांस्कृतिक अवशेष फेला

  चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ

गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा

दोहामा राष्ट्रसङ्घीय वार्तामा तालिबान सरकार सहभागी हुने

अघिल्लो चरणको निमन्त्रणालाई अस्वीकार गरेका तालिबान अधिकारीहरू कतारको राजधानी दोहामा अफगानिस्तानबारे संयुक्त राष्ट्रसङ्घले

रुसका दुई जेल कर्मचारी आइएस कैदीको कब्जामा

दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक