मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु



 

बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ५० जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’ मा दुर्घटनाको दर्दनाक दृश्यलाई देखिन्छ ।
गभर्नर गार्सियाले सामाजिक सञ्जाल एक्समा सान पेड्रो गार्जा गार्सिया सहरमा भएको उक्त घटनालाई एउटा त्रासदीको रूपमा  वर्णन गरे ।

पीडितका आफन्तहरुले हावाको तीव्र बेगकाका कारण स्टेज खसेको बताएका छन् । भिडियो सामाग्रीमा सैनिकहरू जमिनमा छरिएका भग्नावशेष र अभियान पोस्टरहरूले भरिएको मैदानमा मेडिकल टोलीहरूले शवहरू भ्यानमा सार्दै गरेको देखिएको थियो ।

कार्यक्रम सान पेड्रो गार्जा गार्सियाका मेयरका लागि सिटिजन्स मुभमेन्ट उम्मेद्वार लोरेनिया क्यानावतीका लागि चुनावी र्याली र अभियान समापनपछि सम्बोधनका लागि तयार पारिएको थियो । कार्यक्रममा पार्टीका सिनेटर र सांसदहरूका उम्मेद्वारहरूले पनि भाग लिएका थिए ।

मेक्सिकोको मौसम विज्ञान शाखाले घटनाअघि नै ७० किलोमिटर प्रति घण्टाको हावाले नुएभो लियोन र अन्य उत्तरी राज्यहरूमा सम्भावित आँधीबेहरी आउने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसका दुई जेल कर्मचारी आइएस कैदीको कब्जामा

दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक

इटली र जर्मनीद्वारा युक्रेन युद्ध अन्त्य गर्ने पुटिनको प्रस्ताव अस्वीकार

बीबीसी । भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्नका लागि अघि सारेका युद्ध विरामका

दक्षिणी गाजा क्षेत्रमा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा

इजरायली सेनाले आइतबार दक्षिणी गाजापट्टीको भागमा दिनको समयमा दैनिक सैन्य गतिविधिको ‘रणनीतिक विराम’

चीनसँग अस्ट्रेलियाको व्यापारिक सम्बन्ध अझ प्रगाढ बनाइने

चीनका प्रधानमन्त्री ली कियाङले अस्ट्रेलियासँगको तनावपूर्ण व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन दुवै मुलुक