जुलाई ४ मा बेलायतमा आमनिर्वाचन हुने



बीबीसी । बेलायतमा आगामी ४ जुलाईमा आानिर्वाचन हुने भएको छ । प्रधानमन्त्री ऋषि सुनकले बुधवार साँझ आमनिर्वाचनको मिति प्रस्ताव गर्दै बेलायतीहरूले निर्वाचनमा आफ्नो भविष्य रोज्न सक्षम हुने आशा व्यक्त गरेका छन् ।

कन्जरभेटिभ पार्टी वितेका १४ वर्षको सत्ता राजनीतिपछि यसपटक विपक्षी लेबर पार्टीसँग पराजित हुने अड्कल काटिएको छ । प्रधानमन्त्री सुनकले प्रस्तावित मिति राजा चाल्र्स तृतियसमक्ष प्रस्तुत गरेर स्वीकृत भएपछि निर्वाचनका सबै ढोकाहरु खुल्नेछन् ।

बेलायतमा निर्वाचन कहिले हुने हो भनेर चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले आफ्नो कार्यालय डाउनिङ स्ट्रिटबाट झमझम पानी परिरहेको बेला मिति नै घोषणा गरिदिएका थिए । सुनककै पार्टी भने यसपटक विपक्षीसँग प्रष्पिर्धामा पछि परिने विश्लेषण गरिरहेको छ । उसले आउँदो निर्वाचनलाई जोखिमपूर्ण भनेर आफैंले टिप्पणी गरेको छ ।

सन् १९९७ मा पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको नेतृत्वमा डाउनिङ स्ट्रिटको ढोकाबाहिर प्रदर्शनकारीहरूले बजाएको लेबरको चुनावी विजयको गान सुनेका सुनकले आफूले प्रधानमन्त्रीका रूपमा मात्र नभई पूर्व सरकारका उपलब्धिहरू पनि गणनायोग्य रहेको बताएका छन् ।

सुनक मत सर्वेक्षणमा लेबरभन्दा धेरै पछि परेको मात्र होइन, आफ्नो पार्टीका केही व्यक्तिहरूबाट केही हदसम्म अलग्गिएर चुनावी मैदानमा उत्रेको विश्लेषण गरिएको छ ।

सुनकले झन्डै तीन वर्षमा घट्दो मुद्रास्फीति र अर्थतन्त्रको तीव्र गतिमा बृद्धि हुने जस्ता केही आर्थिक लाभका कारण अब जोखिम मोलेर नयाँ कार्यकालका लागि आफ्नो एजेन्डा औपचारिक रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने समय आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असैन्यीकृत क्षेत्रभित्र उत्तर कोरियाले सडक र पर्खाल बनाउँदै

  उत्तर कोरियाको सेनाले असैन्यीकृत क्षेत्र (डिएमजेड) भित्र सडक र पर्खाल निर्माण गरिरहेको

जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानाडाको कानानास्किसमा हुने

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन कानानस्किस अल्बर्टामा सन्

भारतमा पिएम किसान योजनाअन्तर्गत २० हजार करोड रुपैयाँ जारी गरिने

  प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि (पिएम–किसान निधि) योजनाअन्तर्गत २० हजार

दिल्ली उच्च अदालतद्वारा केजरीवालको भिडियो सामाजिक सञ्जालबाट हटाउन निर्देशन

दिल्ली उच्च अदालतले शनिबार सुनिता केजरीवाल (दिल्ली मुख्यमन्त्रीकी पत्नी), धेरै व्यक्ति, फेसबुक, युट्युब