मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ



 

युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको आफूलाई युद्धमा मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजेको बेइजिङले शुक्रबार बताएको छ ।

युक्रेन युद्धमा तटस्थ पक्ष भएको दाबी गर्ने चीनले कहिल्यै पनि रुसको आक्रमणको निन्दा गरेको छैन भने संयुक्त राज्य अमेरिकाले बेइजिङको समर्थनबिना मस्कोले आफ्नो युद्धलाई निरन्तरता दिन सङ्घर्ष गर्ने बताएको छ ।

मे ३ देखि ९ सम्मको आफ्नो टर्की, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा राजदूत ली हुईले त्यहाँका कूटनीतिज्ञहरूलाई भेटेर सबै पक्षसँग ‘सीधा वार्ता पुनः सुरु गर्ने अवस्था सिर्जना’ गर्न आह्वान गरेको चीनको विदेश मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

यसै वर्षको प्रारम्भमा उहाँले युद्धमा मध्यस्थताका लागि बेइजिङको पहलअन्तर्गत रुस, युक्रेन र युरोपेली सङ्घ (इयु) का मुलुकहरूको भ्रमण गरेका थिए । “युक्रेन सङ्कटका बारेमा चीनले सबै पक्षसँग विचारहरूको गहन आदानप्रदान गरेको छ र सबै पक्ष परिस्थितिलाई शान्त पार्ने चीनको प्रस्तावहरूमा सहमत भएका छन्”, पछिल्लो भ्रमणका बारेमा विदेश मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ ।

राजदूत लीले ग्यास पाइपलाइन र ऊर्जा सुविधाजस्ता ‘प्रमुख पूर्वाधार संरचनाको सुरक्षा’ का साथै विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न मानवीय सहायता र अन्तर्राष्ट्रिय सहयोगका लागि पनि आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणअघि लीले ब्राजिल, दक्षिण अफ्रिका, इन्डोनेसिया र कजाकिस्तानसहित अन्य मुलुकका अधिकारीहरूसँग पनि वार्ता गरेको विज्ञप्तिमा बताइएको छ । “सबै पक्ष सञ्चार र समन्वय कायम राख्न सहमत भएका छन्, साथै परिस्थितिलाई शान्त बनाउने प्रयासका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थनलाई स्वागत गरेका छन्”, विज्ञप्तिमा उल्लेख छ ।

चीन र रुसले हालका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमा आक्रमणपछि उनीहरूबीचको रणनीतिक साझेदारी घनिष्ठ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी