भीषण बाढीपछि ब्राजिलको कानोअस सहरमा एउटा घरको छानामा घोडा उद्दारको पर्खाइमा



बीबीसी । ब्राजिलको रिओ ग्रान्डी डु सुल प्रान्तमा आएको बाढी र पहिरोका कारण धनजनको ठूलो क्षति भएको छ । प्रभावित स्थानका हजारौँ मानिस विस्थापित भएका छन् भने त्यहाँ उद्धारकार्य जारी छ ।

बाढीबाट जोगिन कानोअस सहरमा एउटा घरको छानामा अलपत्र परेर उभिरहेको घोडाको तस्बिरबारे अहिले निकै चर्चा भइरहेको छ । कानोअसका नगरप्रमुखले उक्त घोडालाई उद्धार गर्न हेलिकप्टर पठाइएको बताएका छन् ।

ब्राजिल सरकारले बाढीबाट प्रभावित राज्यलाई उद्धारकार्य र पुनर्निर्माणका लागि १० अर्ब डलर उपलब्ध गराउने बताएको छ । कम्तीमा १०७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने १३० जना सम्पर्कविहीन छन् । दुई सातादेखि उक्त राज्यको राजधानी पोर्टो अलेग्रे डुबानमा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी