आर्थिक स्वतन्त्रताका लागि अफगानी महिलाहरू व्यवसायमा संलग्न



 

अफगान महिलाहरू घरायसी भूमिकामा सीमित छन् भन्ने प्रचलित अवधारणाबीच आर्थिक स्वतन्त्रताका लागि साहसपूर्वक व्यवसाय सुरु गरी विद्यमान अवरोधहरू तोड्दैछन् ।

अफगानिस्तानको राजधानी काबुलमा आयोजित कृषि उत्पादनहरूको वार्षिक मेलामा आफ्ना व्यवसाय र बिक्री विस्तार गर्ने आशामा आफ्ना उत्पादनहरू प्रदर्शन गर्दै देखिएकी सोना मिर्जादा यस्तै एक व्यवसाय सुरु गर्नुभएकी अग्रगामी महिला हुन् ।

अफगान कार्यवाहक सरकारको कृषि, सिँचाइ र पशुधन मन्त्रालयले कृषि उत्पादन र व्यापारलाई बढावा दिने उद्देश्यले बुधबारदेखि चार दिने कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय व्यापारी तथा कृषकले ५६ महिलासहित दुई सय ६३ वटा स्टलमा उत्पादित र उपभोग्य वस्तु प्रदर्शनीमा राखेका छन् ।

“हामी कृषि र पशुपालनमा संलग्न छौँ र कृषि क्षेत्रमा मरिच  लगायतका बिरुवा रोप्छौँ”, मिर्जादाले बताइन् । मिर्जादाले आफ्नो कम्पनीले ६० जना महिला कामदारलाई रोजगार दिएको बताइन् । बाल्खको प्रान्तीय राजधानी मजार–ए–सरिफकी बासिन्दा मिर्जादाले एक वर्षअघि एक लाख अफगानीको प्रारम्भिक पूँजी लिएर आम्दानी बढाउने परियोजना सुरु गरेको बताइन् ।

गत वर्ष आफ्नो पूँजी ११ लाख अफगानी भएको उल्लेख गर्दै उनले आफ्ना प्रत्येक कामदारले मासिक पाँच हजार अफगानी कमाउन सक्ने जानकारी दिइन् ।

“हामीसँग काम गर्ने कुनै पनि महिलाले मासिक तीन हजारदेखि पाँच हजार अफगानी कमाउन सक्छन्, उनीहरूले आफ्नै बगैँचामा काम गर्छन्, घरबाहिर जानुपर्दैन”, एक व्यवसायीले भने । उनका ग्राहकहरूमा घरपरिवार, रेस्टुरेन्ट र मसलायुक्त खानाका उत्साहीहरू रहेका छन् ।

अर्का व्यवसायी नाजिमा ख्वाजाजादाले हातले बुनेका गलैँचा, हस्तशिल्प र चाँदीका गहना बेच्ने गरेको बताइन् । एक महिला उद्यमीको नेतृत्वमा रहेको स्थानीय उद्यम नार्सिस कम्पनीमा बिक्रेताको रूपमा कार्यरत ख्वाजाजादाले अफगान महिलालाई समर्थन र सशक्तीकरण गर्ने आफ्नो मालिकको प्रयासलाई प्रष्ट पारिन् ।

मालिक महिला भएकाले महिला सशक्तीकरणमा योगदान पुर्याउन प्रयासरत रहेको उनको भनाइ छ ।  अहिले कम्पनीमा काम गरिरहेका लगभग एक सय ७० महिलामध्ये अधिकांश आफ्नो परिवारका लागि कमाउने व्यक्ति भएको ख्वाजाजादाले बताइन् ।

यद्यपि उनले आर्थिक कठिनाइ र घट्दो मागका बीच कम्पनीको घट्दो आम्दानीको बारेमा चिन्ता व्यक्त गरिन् । कम्पनीको मासिक आम्दानी पहिले पाँचदेखि छ हजार डलरको बीचमा रहेको तर आजभोलि आर्थिक मन्दीका कारण मुस्किलले एक लाख अफगानी कमाउने गरेको उनले बताइन् ।

युद्धग्रस्त अफगानिस्तानको करिब तीन करोड पचास लाख जनसङुख्याको करिब ८० प्रतिशत जीविकोपार्जन र परिवारको भरणपोषणका लागि कृषिमा निर्भर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा साइवर अपराधको बिगबिगी

  काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक

युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा