राष्ट्रपति सीद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधार गर्न निर्देशन 



 

चिनियाँ राष्ट्रपति सी जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार र विपद् राहतकार्यका लागि  निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले घटनास्थलमा उद्धार, घाइतेको उपचार र त्यसपछिको अवस्थालाई  व्यवस्थापन गर्न सबै प्रयास गर्न निर्देशन दिएका हुन् ।

सो प्रान्तको मेझोउ शहरको मेझोउ–डाबु एक्सप्रेसवेको चयाङ खण्डमा भूस्खलन हुँदा बिहीबारसम्म, प्रकोपले ३६ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको जनाइएको छ ।

उनले भने, “क्षतिग्रस्त सडक मर्मत गर्न र ट्राफिक व्यवस्था सकेसम्म छिटो पुनःस्थापना गर्ने प्रयास गर्नुपर्छ, सबै क्षेत्र र सम्बन्धित विभागले जिम्मेवारी पुरा गर्न अनुगमन र चेतावनीलाई सुदृढ पारी आपतकालीन सुधार गर्नुपर्छ । प्रमुख क्षेत्रका जोखिमको अनुसन्धान गरी जनताको जीवन र सम्पत्तिको सुरक्षासहित सामाजिक स्थिरता सुनिश्चित गर्नुपर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तरी गाजामा पाँच इजरायली सैनिकको मृत्यु

  इजराइली सेनाले  उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएका बताएको छ ।

गोली प्रहारबाट घाइते स्लोभाकका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’

  स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको

तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

  समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा