तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड



 

मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आइएमएस) ले ग्रेटर मेट्रोपोलिटन क्षेत्रमा ८५ वर्षमा रेकर्ड गरिएको वर्षहरूमा बिहीबार अप्रिलको सबैभन्दा तातो दिन भएको बताएको छ ।

आइएमएसले बिहीबार दिउँसो ४० दशमलव सात डिग्री सेल्सियस मापन गरेको छ । यो सन् १९३९ मा मापन गरिएको ४० दशमलव चार डिग्री सेल्सियसभन्दा धेरै तातो थियो । यभने र नित्जन समुदायमा पनि यस्तै प्रकारको कीर्तिमान तोडिएको आइएमएसले बताएको छ ।

मौसमका बावजुद इजराइलीहरू पासओभर पर्वका लागि एक साताको बिदाको आनन्द लिँदै मुलुकका पार्कमा निक्लेका छन् । प्रकृति तथा पार्क प्राधिकरणले दिउँसोसम्म ५५ हजार मानिस पार्क तथा प्राकृतिक आरषामा प्रवेश गरिसकेको बताएको छ । प्राधिकरणले बाहिरबाट आउनेहरूलाई पर्याप्त मात्रामा पानी र सनस्क्रिन ल्याउन आग्रह गरेको छ । इजराइली तटका सबै समुद्री तटमा पनि मानिसहरूको खचाखच थियो ।

यसैबीच स्वास्थ्य मन्त्रालयले जनता विशेषगरी वृद्ध, रोगी तथा दीर्घकालीन रोग लागेकाहरूलाई घाममा ननिस्कन र अनावश्यक शारीरिक परिश्रम नगर्न आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि

यसअघि ट्विटरको नामबाट चिनिने सामाजिक सञ्जाल पूर्णरूपमा एक्स डटकममा स्थानान्तरण भएको यसका मालिक

दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि

गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क

भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु

  भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु

एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

रुसको मस्कोस्थित रक्षामन्त्रालयले गएराति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी