एयरलाइन्स कम्पनीले १०१ वर्षे बृद्धालाई बच्चा बनाएपछि…



बीबीसी । विमान सेवा कम्पनीको बुकिङ प्रणालीमा रहेको समस्याका कारण १०१ वर्षीया महिलालाई विमान यात्रा गर्दा जहिले पनि बच्चा ठान्ने गरिएको छ । आफ्नो थर उल्लेख गर्न नचाहने प्याट्रिसिया सन् १९२२ मा जन्मेकी हुन्।

तर विमान कम्पनीको प्रणालीले उनको उमेर गणना गर्न सक्दैन। त्यसैले उनको जन्म वर्ष सन् १९२२ लाई त्यसले २०२२ बनाइदिन्छ । उनको त्यस्तै गडबडीपूर्ण पछिल्लो यात्रा बीबीसीले पनि देख्न पायो। प्याट्रिसिया र क्याबिन क्रूले त्यो समस्यालाई हाँसोमा उडाएका थिए । ‘उनीहरूले मलाई सानो बच्चा सम्झिँदा अनौठो कुरा हो जबकि म त वृद्धा हुँ,’ उनले भनिन् ।

पछिल्लो समय उनी सिकागोबाट मार्केट मिशिगन जाँदै थिइन् । प्याट्रिसिया उनकी छोरी क्रिससँगै यात्रामा थिइन् । ‘मेरी छोरीले अनलाइनमा टिकट काटेकी थिइन्। विमानस्थलको कम्प्युटरले मेरो जन्म मिति १९२२ को साटो २०२२ सम्झियो,’ उनले भनिन् । ‘यस्तै घटना गत वर्ष पनि भएको थियो। उनीहरू मेरो सीटमा म होइन सानो बच्चा आउला भन्ने अपेक्षामा थिए।’ प्याट्रिसियाको सीट वयस्कका लागि बूक गरिएको थियो ।

विमानस्थलको कम्प्युटर प्रणालीले उनको जन्म मिति स्वीकार गर्न सकेन। त्यसैले उसले उनको जन्म मिति १०० वर्ष कम पारिदियो । पूर्वनर्स उनी हरेक वर्ष कडा हिउँदको चिसो छल्न र परिवारका सदस्य भेट्नका लागि जहाजमा यात्रा गर्छिन् । दुवै पटक अमेरिकन एअरलाइन्सका कर्मचारीहरू अचम्ममा परे पनि असाध्यै सहयोगी र जाती व्यवहार गरेको उनले बताइन् ।

अमेरिकन एअरलाइन्सलाई बीबीसीले प्रतिक्रिया मागेको छ। तर प्राप्त भइसकेको छैन । अनौठो भए पनि यो समस्या समाधान होस् भन्ने आफूले चाहेको उनले बताइन्। त्यसले उनलाई केही समस्या दिने गरेको छ ।

उदाहरणका लागि विमानस्थलका कर्मचारीले उनका लागि टर्मिनलभित्रै आवश्यक यात्रा प्रबन्ध तयार पारेर राख्दैनन् किनभने उनीहरू उनलाई सानो बालक सम्झन्छन् जसलाई उनीहरू काखमै बोक्न सक्छन् । अर्को पटक उनका लागि ह्वील चेअर व्यवस्था नगरिएका कारण उनी र उनकी छोरीले विमानभित्रै बसेर कुर्नुपरेको थियो ।

उनको सही उमेर दाखिला हुन सकेको भए आफ्नी छोरीलाई पनि अलि सजिलो हुने थियो भन्ने उनलाई लाग्छ । उनले भनिन्, ‘उनीहरू कम्प्युटर प्रणाली ठिक पारून् भन्ने म चाहन्छु। किनभने बिचरी मेरी छोरीले हाम्रा सबै सामान एउटा गेटबाट अर्कोसम्म करिब एक माइल नै बोकेर हिँड्नुपर्छ।’

प्याट्रिसिया ९७ वर्षको उमेरसम्म एक्लै यात्रा गर्थिन्। तर त्यसयता उनी सहयोगका लागि आफ्नो परिवारमा भर पर्दै आएकी छन् । ‘अहिले मेरो आँखाको शक्तिमा केही समस्या छ। त्यसैले अब म एक्लै यात्रा नगर्नु राम्रो हुन्छ’ उनले भनिन् । तर प्राविधिक समस्याका कारण उनी विमान यात्रा नै नगर्ने भन्ने चाहन्नन्। अबको शरद् ऋतुमा उनी फेरि कतै जाने योजनामा छिन् । त्यस बेलासम्म उनी १०२ वर्ष लागेकी हुनेछिन् र सम्भवतः विमान सेवा कम्पनीका कम्प्युटरहरूले उनको वास्तविक उमेर दाखिला गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धुमपानले लाओसमा वार्षिक ६ हजार ७ सयको ज्यान जोखिममा

धुमपानसम्बन्धी रोगले लाओसमा वार्षिक ६ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको

रायसीको निधनले इरानको विदेश नीति परिवर्तन नहुने

  हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनले राजनीतिक अस्थिरता आउन सक्ने भए

आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक