चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा



 

सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न अन्तरिक्ष विज्ञान र अनुप्रयोग परीक्षण तथा प्रयोगका साथै धेरै अन्तरिक्ष पदयात्रा गर्ने चीन मानव अन्तरिक्ष एजेन्सी (सिएमएसए) ले बुधबार पत्रकार सम्मेलनमाफर्त घोषणा गरेको छ ।

सेनझोउ–१८ चालक दलसहितको अन्तरिक्ष यान चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गर्ने तालिका छ ।

चालक दलले सूक्ष्म गुरुत्वाकर्षण, अन्तरिक्ष सामग्री विज्ञान, अन्तरिक्ष जीवन विज्ञान, अन्तरिक्ष चिकित्सा तथा अन्तरिक्ष प्रविधिमा आधारित आधारभूत भौतिक विज्ञानका क्षेत्रमा ९० भन्दा बढी प्रयोग गर्नका लागि वैज्ञानिक प्रयोग क्याबिनेट र ‘एक्स्ट्राभेहिकुलर पेलोड’ को प्रयोग गर्ने सिएमएसएका उपनिर्देशक लिन सिकियाङले जानकारी दिए ।

एक्स्ट्राभेहिकुलर पेलोड वातावरणीय सुरक्षा, गतिशीलता, जीवन प्रदान गर्ने एक स्वतन्त्र एन्थ्रोपोमोर्फिक स्पेस सूट हो ।

मिसन अवधिमा देशको पहिलो इन–अर्बिट जलीय पर्यावरण अनुसन्धान परियोजना कार्यान्वयन गरिनेछ । ‘जेब्राफिस’ र ‘गोल्डफिश’ अल्गीको प्रयोग गरेर कक्षामा ‘सेल्फ–साइक्लिङ एक्वाटिक इकोसिस्टम’ स्थापना गर्न परियोजनाले अन्तरिक्षमा कशेरुकाको खेतीमा सफलता हासिल गर्ने लक्ष्य राखेको उपनिर्देशक लिनले बताए ।

उनले बिरुवाको स्टेम टिप्समा संसारको पहिलो इन–अर्बिट स्टेम सेल अध्ययन गुरुत्वाकर्षणमा बिरुवाको विकासवादी अनुकूलनको संयन्त्र प्रकट गर्न र अन्तरिक्ष बालीका लागि सैद्धान्तिक समर्थन प्रदानका लागि गरिने बताए ।

सेनझोउ–१८ अन्तरिक्ष यात्रीले दुईदेखि तीनवटा एक्स्ट्राभेहिकुलर (इभिए) गतिविधि सञ्चालन गर्ने र स्टेसनको कार्गो एयरलक मोड्युलमार्फत छ वटा कार्गो आउटबाउन्ड डेलिभरी कार्यान्वयन गर्नेछन् । एयरलक एउटा स्टेशन मोड्युल हो जसले अन्तरिक्ष स्टेशनमा प्रवेश गर्ने र बाहिर निस्कने स्थानको रूपमा कार्य गर्दछ ।

तीनवटा बाह्य गतिविधि सञ्चालन गर्ने समयमा अन्तरिक्ष यात्रीले बाहिरी पाइपिङ, केबल र महत्त्वपूर्ण उपकरणका लागि अन्तरिक्षमा रहेका फोहर सुरक्षा सुदृढीकरण स्थापना गर्ने र अन्तरिक्ष स्टेशनको सुरक्षालाई थप सुरक्षित गर्नका लागि उपयुक्तरूपमा बाह्य निरीक्षण पूरा गर्ने लिनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

  भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन

इजरायल सरकारले आफ्नो देशमा अल जजिरा टिभी बन्द गर्ने

  इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले उनको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई

हरदीप सिंहका हत्यारा पक्राउ कानुनी शासनको उदाहरणः प्रधानमन्त्री ट्रुडो

  प्रधानमन्त्री जस्टिन ट्रुडोले  क्यानाडाका सिख समुदायमा डर रहेको स्वीकार गरेका छन् ।

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट ६ सयभन्दा बढीको उद्धार

  अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी