पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री भन्दा बढ्नबाट रोक्नका राष्ट्रसंघले थाल्यो विश्वव्यापी प्रयास



संयुक्त राष्ट्रसङ्घले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ । यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्नका लागि संयुक्त विश्वव्यापी प्रयास हो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्रय विकास कार्यक्रमको नेतृत्वमा पहलले सामाजिक सञ्चारमाध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निगमहरूसहितको सहभागीहरूको एउटा विविध समूहलाई सङ्गठित गर्दछ । यस फराकिलो पहलले महासचिव गुटेरेसको ‘यो सबै विनाश निराशा होइन’ भन्ने महत्त्वपूर्ण सन्देशलाई जोड दिन्छ ।

“धेरै मुलुकमा जलवायु कार्यमा थप महत्त्वाकांक्षी कदम चाल्ने इच्छा छ तर त्यहाँ कुनै उपाय छ भनेर विश्वलाई परिचालन गर्न आवश्यक छ”, ‘सन् २०२५ सम्म एक दशमलव पाँचभन्दा तलको प्रक्षेपण’ कार्यक्रममा गुटेरेसले भने  ।

गुटेरेसले हालैको चरम मौसमी घटना र वैज्ञानिक प्रतिवेदनहरूलाई उदृत गर्दै चेतावनी दिए, “हामीले जे देखिरहेका छौँ त्यो विपत्तिको पूर्वावलोकन मात्र हो, हामीले विश्वव्यापी तापक्रममा दीर्घकालीन वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित नगरेसम्म यसले प्रतीक्षा गरिरहने छ ।”

महासचिवले भने, “एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा अहिले पनि सम्भव छ तर लामो समयसम्म होइन ।” उनले सबै मुलुकलाई विशेषगरी जी२० सँग आफ्ना प्रयासहरूलाई तीव्रता दिन आग्रह गरे ।

“हामीलाई वित्त प्रवाह गर्न र जलवायु महत्त्वाकांक्षामा वृद्धिलाई सक्षम बनाउन यो वर्ष ठोस कदम चाल्न आवश्यक छ”, उनले भने, “संयुक्त राष्ट्रसङ्घ तपाईंलाई समर्थन गर्नका लागि एकजुट भइरहेको छ, कृपया अवसरको लाभ लिनुहोस्, आउनुहोस् मिलेर जलवायु कार्य योजनाहरूको आगामी चरण सार्थक बनाऔँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीका कारण ब्राजिलका दुई सय सहर प्रभावित

बीबीसी । आँधीपछि आएको बाढीमा परी ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने

चक्रवातको खतरा टरेको तान्जानिया सरकारको भनाई

  तान्जानियाले शनिबार आएको चक्रवातले आफ्नो शक्ति गुमाएको र अब देशका लागि खतरा

सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

  भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन

इजरायल सरकारले आफ्नो देशमा अल जजिरा टिभी बन्द गर्ने

  इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले उनको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई