सन् २०२३ मा इटालीको सार्वजनिक घाटा ईयूमा सबैभन्दा धेरै



इटालीको सार्वजनिक घाटा गत वर्ष अपेक्षा गरिएभन्दा बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७.४ प्रतिशत पुगेको छ । यसले फेरि एकपटक इटाली युरोपेली सङ्घ (ईयू)मा सबैभन्दा बढी सार्वजनिक घाटा व्यहोर्ने मुलुक भएको संशोधित आधिकारिक तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क निकाय (इस्टाट) ले मार्चमा एक प्रारम्भिक अनुमान जारी गरेको थियो । उक्त प्रक्षेपणमा सन् २०२२ मा ८.६ प्रतिशत रहेको सार्वजनिक घाटा मार्चमा कुल गार्हस्थ्य उत्पादनको ७.२ प्रतिशत पुगेको छ ।

“घरको ऊर्जा दक्षतामा सुधार गर्ने उद्देश्यले उदार ‘सुपरबोनस’ कर प्रोत्साहनको अपेक्षा भन्दा बढी लागतको कारण माथिको संशोधन गरिएको छ,” इस्टाट विशेषज्ञहरूले सोमबार संसदमा एक सुनवाईको क्रममा भने ।

थर्मल इन्सुलेशनदेखि सोलार प्यानलसम्मका परियोजनाहरूका लागि प्रयोग गरिने यो प्रोत्साहन सन् २०२० को मे महिनामा तत्कालीन प्रधानमन्त्री जुजेप्पे कोन्तेको नेतृत्वमा कोरोना भाइरस महामारीको बीचमा आर्थिक गतिविधिलाई प्रोत्साहित गर्न सुरु गरिएको थियो ।

निर्माण क्षेत्रलाई समर्थन गर्ने उद्देश्यले अन्य लाभहरूको साथ संयुक्त रूपमा, कुल लागत पहिले नै दुई खर्ब १९ अर्ब यूरो, वा जीडीपीको दसौं भाग पुगिसकेको जियोर्जिया मेलोनी नेतृत्वको सरकारले बताएको छ ।

इटालीपछि हङ्गेरी र रोमानियाले गत वर्ष ईयूमा सबैभन्दा बढी ६.७ प्रतिशत र ६.६ प्रतिशत घाटा व्यहोरेको युरोस्टाटले जनाएको छ ।

ईयूका एघार सदस्य राष्ट्रले कुल गार्हस्थ्य उत्पादनको ३.० प्रतिशतभन्दा बढी घाटा व्यहोरेका छन् ।

इटालीको सार्वजनिक ऋण गत वर्ष कुल गार्हस्थ्य उत्पादनको १३७.३ प्रतिशत थियो । यो घाटा प्रतिशत ग्रीसपछि ईयूमा सबैभन्दा बढी १६१.९ प्रतिशत हो ।

युरोस्टाटका अनुसार सन् २०२२÷२१ मा इटालीमा ईयूको सबैभन्दा बढी घाटा थियो, यद्यपि सन् २०२० मा स्पेन सूचीको शीर्ष स्थानमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका