सोमालियामा भारी वर्षाका कारण करिव आठ लाख मानिस प्रभावित



सोमालियाका २२ जिल्लामा भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । भारी बर्षासँगै आएको बाढी र डुबानका कारण करिब सात लाख ७० हजार मानिस प्रभावित हुने अनुमान संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले जनाएको छ ।

ओसीएचएले देशका अधिकांश क्षेत्रमा अप्रिल लागेदेखि केही क्षेत्रमा भारी वर्षा भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका अनुसार शाबेल र जुबा नदीको छेउछाउका प्राथमिकता प्राप्त स्थानहरूमा मानिसहरूलाई उद्धार गर्न र सहायता प्रदान गर्न र सम्पर्क विच्छेद हुन सक्ने क्षेत्रहरूमा सहायता प्रदान गर्न वा पानीमा डुबेका मानिसहरूलाई बाहिर निकाल्न लगभग ५१ वटा डुङ्गाहरू तयारी अवस्थामा राखिएको छ ।

वर्षाले देशभरका पशुपालक र कृषिपशुपालकहरूलाई राहत प्रदान गरेको छ । बर्षाका कारण सन् २०२३ को अन्त्य अक्टोबरदेखि डिसेम्बरसम्ममा १६ लाख मानिस विस्थापित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

  पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य

मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा भीषण आगलागी 

  मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना

बाढीमा परी अफगानिस्तानमा १४ जनाको मृत्यु

अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको