अमेरिकी संसदद्वारा युक्रेनलाई ६१ बिलियन डलरको सहायता प्याकेज अनुमोदन



युद्धग्रस्त देशहरूलाई सहायता प्रदान गर्नेसम्बन्धी प्रस्ताव अमेरिकी संसदबाट पारित भएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेन, इजरायल र अन्य युद्धग्रस्त देशहरूका लागि सहायता प्याकेजसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो ।

संसद्ले युक्रेनलाई ६१ बिलियन डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । त्यस्तै, संसद्ले इजरायल र अन्य देशहरूका लागि समेत सहायता प्याकेज पारित गरेको समाचार संस्थाहरूले जनाएका छन् ।

राष्ट्रपति जो बाइडेनले सार्वजनिक अपील गरेको दुई दिनपछि अमेरिकी संसद्को तल्लो सदनले मानवीय सहायता प्याकेज पारित गरेको हो ।
सदनले युद्धग्रस्त गाजा र इजरायलका मानिसहरूलाई सहयोग गर्न २६ अर्ब डलरको प्याकेज स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका