एर्दोगान र हमास प्रमुखबीच भेटवार्ता, प्यालेस्टिनी एकताका लागि आग्रह



इस्तानबुलमा हमास प्रमुख इस्माइल हनियेहसँग घन्टौं लामो वार्तापछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा इजरायली युद्धका बीच एकजुट हुन प्यालेस्टिनीहरूलाई आग्रह गरेका छन् ।

गत अक्टोबर ७ देखि मध्यपूर्वमा जारी गाजा द्वन्द्वमा एर्दोगानले मध्यस्थकर्ताका रूपमा आफ्नो पकड स्थापित गर्न खोजे पनि सफल भएका थिएनन् । हमास नियन्त्रित प्यालेस्टिनी भूभाग गाजामा इजरायलको थप आक्रमण र इरानविरूद्ध इजरायली आक्रमणको तयारी भएपछि मध्यपूर्वमा तनाव बढेको छ ।

वार्तापछि एर्दोगानले प्यालेस्टिनीहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन् । “प्यालेस्टिनीहरूले यस प्रक्रियामा एकताबद्ध भएर काम गर्नु अत्यावश्यक छ । एर्दोगानले भने, “इजरायललाई सबैभन्दा कडा प्रतिक्रिया र विजयको बाटो प्यालेष्टिनी एकता र अखण्डतामा निहित छ ।

संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र इजरायलले आतङ्कवादी सङ्गठन घोषित गरेको हमास फतह गुटको प्रतिद्वन्द्वी हो जसले कब्जा गरिएको वेस्ट बैङ्कमा अर्ध–स्वायत्त प्यालेस्टिनी प्राधिकरणमा शासन गर्दछ ।

इरान र इजरायलबीच बढ्दो तनावले व्यापक क्षेत्रीय युद्धको डरलाई बढावा दिइरहेका बेला एर्दोगानले हालैका घटनाहरूले इजरायललाई ‘जमीन प्राप्त गर्न दिनु हुँदैन र गाजामा ध्यान केन्द्रित गर्ने तरिकाले काम गर्नु महत्वपूर्ण रहेको’ बताए ।

मध्यस्थकर्ताको भूमिकाको पुनरावलोकन गर्ने बताएपछि एर्दोगानले विदेशमन्त्री हाकान फिदानलाई बुधबार दोहा पठाएका छन् ।

टर्कीमा सन् २०११ मा टर्कीले इजरायली सैनिक गिलाद शालितलाई मुक्त गर्ने सम्झौतामा सहयोग गरेपछि हमासको कार्यालय टर्कीमा रहेको छ । एर्दोगानले हनियेहसँगको सम्बन्ध कायम राख्नुभएको छ । हनियेह पटक पटक टर्की आउने जाने गरेको देखिएको छ ।

वासिङ्टनस्थित फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीजका टर्की विशेषज्ञ सिनान सिड्डीका अनुसार फिदान टर्कीका गुप्तचर निकायका भूतपूर्व प्रमुख हुन् र उनले हमासका अधिकारीहरूलाई सूचना र राहदानी उपलब्ध गराएका थिए । यद्यपि टर्कीका अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् ।

यदि कतारले मध्यस्थताको प्रयासबाट पछि हटेको खण्डमा टर्कीले हमाससँगको सम्बन्धको आधारमा आफ्नो मध्यस्थता बढाउन सक्नेछ ।
गाजामा ४५ हजार टन खाद्यान्न आपूर्ति र औषधि पठाएको टर्की गाजाको प्रमुख मानवीय सहायता साझेदारमध्ये एक हो ।

इजरायलले गाजाको रफाह शहरमाथि आक्रमणको तयारी गरिरहेको समय इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेपछि इरानी प्रान्त इस्फाहानमा इजरायलले गरेको भनिएको आक्रमणले शान्ति स्थापनाको आशामा तुषरापात भएकोे छ ।

सिद्दीका अनुसार एर्दोगानले इजरायल र गाजामा उसको कार्यको स्पष्ट निन्दा गरेका कारण ‘धेरै सीमित’ भूमिकाको अपेक्षा गर्न सक्दछन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको रणनीतिलाई नाजी नेता एडोल्फ हिटलरसँग तुलना गर्दै गत वर्ष राष्ट्रपति एर्दोगानले अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणका कारण गाजामा इजरायलले जमिन र आकाशबाट गरेको कारबाहीपछि इजरायललाई ‘आतङ्कवादी राष्ट्र’ को संज्ञा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका