युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु



 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने क्रममा निर्देशक डेभिड बार्निया र डिभिजन प्रमुखहरूको फोरमसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरुले  विभिन्न क्षेत्रका क्षेत्रीय घटनाक्रमबारे छलफल गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री र मोसाद निर्देशकले बन्धकहरूलाई सकेसम्म चाँडो घर फर्काउन निरन्तर प्रयासको महत्त्वलाई उजागर गर्दै युद्धको समयमा देशमा एकताको आवश्यकताबारेमा छलफल गरेको जनाइएको छ ।

“उनीहरू हामीलाई नष्ट गर्न आएकाले यो छुट्टी फरक छ, यो इरान र हमासलगायत प्रोक्सीहरूको दुष्टताको केन्द्रबाट धेरै मूर्त छ”, भेटमा प्रधानमन्त्री नेतान्याहुले भने, “अर्कोतर्फ दासत्वबाट मुक्तिसम्मको अवस्थामा यो पक्ष धेरै मूर्त छ । गाजामा अझै पनि राक्षसी प्रवृत्ति हावी छ ।”

“हामी गाजामा आतङ्कवादलाई हराउन, बन्धकहरूलाई मुक्त गर्न र इरानसहितका खतरालाई हटाउन प्रतिबद्ध छौँ”, उनले भने, “यो ठूलो कामका लागि दुई कुराको आवश्यकता छ, पहिलो दृढ सङ्कल्प र अर्को एकता ।”

“सबैभन्दा पहिला राष्ट बाहिरी दबाबले नभई आन्तरिक कलहले टुक्रिन्छ”, नेतान्याहुले इजराइलमा आन्तरिक विभाजनका कारण हुने समस्याबारे भने, “हामी अस्तित्वको खतरामा भएकाले अब आन्तरिक कलहलाई हराउनु पर्छ र अस्तित्वको खतराको सामना गर्न हामीले सेनालाई एकताबद्ध बनाउनुपर्छ र तिनीहरूलाई विभाजित गर्नुहुन्न ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा

पाकिस्तानको कश्मिरमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई

किर्गिजस्तानमा मिनी ट्रकको ठक्करबाट ३१ बालबालिका घाइते

दक्षिणी किर्गिजस्तानमा एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना

इरानद्वारा गार्डहरूले यौन दुर्व्यवहार गरी किशोरीको हत्या गरेको रिपोर्टलाई अस्वीकार

महसा अमिनीको मृत्युपछि सन् २०२२ मा भएको विरोध प्रदर्शनमा रिभोल्युसनरी गार्डहरूले यौन दुर्व्यवहार