प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने



 

क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कार्यक्रमको अन्तरसरकारी वार्ता समिति (आइएनसी–४) को चौथो सत्र अप्रिल २३ देखि अप्रिल २९ सम्म राजधानी ओटावामा आयोजना हुने र सन् २०२४ को अन्त्यसम्म प्लास्टिक प्रदूषणमा एक वैश्विक सम्झौताको विकासका लागि अगाडि बढ्ने उल्लेख छ ।

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (युएनईपी) द्वारा समन्वय गरिएको पाँच सत्रहरूको चौथो वार्ता सत्र आइएनसी–४ रहेको र प्लास्टिक प्रदूषण अन्त्य गर्ने साझा लक्ष्यमा विश्वलाई एकजुट गर्ने अन्तिम क्षणको प्रतिनिधित्व गर्ने विज्ञप्तिमा भनिएको छ ।

यद्यपि यो वर्षको अन्त्यमा दक्षिण कोरियामा आइएनसी–५ मा वार्ताको सफल निष्कर्षका लागि जग निर्माण गर्ने महत्त्वपूर्ण विन्दु हुने विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२२ मा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र वातावरणसभाको पुनः सुरु भएको पाँचौँ सत्रमा सन् २०२४ को अन्त्यसम्ममा प्लास्टिक प्रदूषणमा कानूनीरूपमा बाध्यकारी विश्वव्यापी सम्झौता विकास गर्ने जनादेशसहित अन्तरसरकारी वार्ता समिति गठन गर्न सहमत भएका थिए  ।

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमले व्यापार–जस्तै–सामान्य परिदृश्यअन्तर्गत र आवश्यक हस्तक्षेपहरूको अभावमा, जलीय पारिस्थितिक प्रणालीमा प्रवेश गर्ने प्लास्टिकको फोहोरको मात्रा सन् २०१६ मा प्रतिवर्ष ९० लाखदेखि एक करोड ६० लाख टनबाट सन् २०४० मा अनुमानित तीन गुणा अर्थात लगभग दुई करोड ३० लाख टनदेखि तीन करोड ७० लाख टन हुन सक्ने बताएको छ ।

पाँचौँ र अन्तिम योजनाबद्ध अन्तरसरकारी वार्ता समिति (आइएनसी–४) नोभेम्बर २५ देखि डिसेम्बर १ सम्म सन् २०२४ सम्म दक्षिण कोरियाको बुसानमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको सुरक्षा फौजले प्रदर्शनमा सहभागी किशोरीको यौन उत्पीडनपछि हत्या गरेको दस्ताबेज फेला

बीबीसी । इरानमा लागु गरिएको महिलाको पोसाकसम्बन्धी नियमको विरोध प्रदर्शनमा क्रममा १६ वर्षे

राष्ट्रपति सीद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधार गर्न निर्देशन 

  चिनियाँ राष्ट्रपति सी जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार

युक्रेनद्वारा एआई–जनित विदेश मन्त्रालयको प्रवक्ता सार्वजनिक

  युक्रेनले बुधबार आफ्नो विदेश मन्त्रालयका तर्फबाट आधिकारिक बयान दिने भिक्टोरिया नामक एआई–जनित

रिपब्लिकन सांसदले अमेरिकी सदनका सभामुखलाई हटाउन प्रस्ताव पेश गर्ने

    अति दक्षिणपन्थी एक रिपब्लिकन सांसदले युक्रेनका लागि नयाँ सहायता प्याकेजको समर्थन